आरबिबि–एनभिए क्लब भलिबल लिगमा आर्मीलाई दोहोरो उपाधि

पोखरा स्पोर्टस । नेपाल आर्मीले छैटौं आरबीबी÷एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको उपाधि शनिबार जितेको छ । आर्मी पुरुष÷महिला दुवैमा च्याम्पियन बनेको हो ।

नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मी सर्वाधिक १८ अंकसाथ पहिलो भयो । दोश्रो भएको टिपटपले १४ अंक जोड्यो । तेश्रो स्थानको नेपाल प्रहरी क्लबको ११ अंक रह्यो ।

महिलामा प्रहरी दोश्रो र एपीएफ तेश्रो भए । पुरुष/ महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार पाए ।

पुरुषमा आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । स्पाइकरमा प्रहरीका रविन चन्द, सेटरमा आर्मीका हरिहजाुर थापा, लिबेरोमा प्रहरीका भीमबहादुर गाहा, ब्लकरमा आर्मीका दुर्गा खड्का, सर्भरमा आर्मीका राजेन्द्र विष्ट र प्रशिक्षकमा आर्मीका जगतबहादुर सिंह उत्कृष्ट चुनिए । एपीएफका धीरज बस्नेत उदीयमान खेलाडी चयन भए ।

महिलामा आर्मीकी संगम महतो उत्कृष्ट खेलाडी बनिन् । स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, सर्भरमा आर्मीकी शान्ति चौधरी, लिबेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, सेटरमा एभरेष्टकी अरुणा शाही, ब्लकरमा आर्मीकी सुनिता खड्का तथा प्रशिक्षकमा आर्मीका लोकेश बुढा उत्कृष्ट ठहरिए । न्यु डायमन्डकी प्रगति नाथ उदीयमान खेलाडी चुनिइन् । पुरुष/ महिला दुवैका उत्कृष्ट खेलाडीले समान ३५ हजार नगद पुरस्कार हासिल गरे । उदीयमान खेलाडीले समान १० हजार हात परे । बाँकी सबै उत्कृष्ट खेलाडीले जनही १५ हजार नगद पुरस्कार जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन पुरुषमा ३ र महिलामा १ खेल भयो । पुरुषमा गण्डकीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–२३, २३–२५, २५–२० र २५–१५, प्रहरीले एपीएफलाई २५–२१, २५–२३, १९–२५, २०–२५ र १८–१६ तथा आर्मीले टिपटपलाई २५–१३, २५–१८, २६–२८ र २८–२६ ले पराजित गरे ।

महिलामा आर्मीले प्रहरीलाई २५–१८, २५–२३ र २५–२० ले हरायो । प्रतियोगिताको पुरुषमा ७ तथा महिलामा ५ टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close