यस्तो छ नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी जेठ २२ देखि २८ गते सम्म हुने भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदले एक कार्यक्रमको आयोजना गरी लोगो र मस्कट सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद आउन २७ दिन बाँकी रहँदा निर्देशिका भने अझै पारित हुन सकेको छैन भने बजेट समेत नेपाल सरकारले व्यवस्था गरेको छैन । तर राखेपले भने नवौंको सचिवालय काठमाडौमा स्थापना गरी तयारी भने सुरु गरेको छ । राखेपले अर्को साता पोखरामा सचिवालय स्थपना गर्ने भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close