पोखरा स्पोर्टस अवार्डलाई पोखरेली मञ्च युकेले सहयोग गर्ने

पोखरा स्पोर्टस । पोखरेली मञ्च यू.केले आउदो असारको पहिलो साता पोखरामा आयोजना हुने छटौं संस्करणको पोखरा स्पोट्र्स अवार्डमा सहयोग गर्ने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने उक्त अवार्डलाई मञ्चको तर्फबाट यस बर्ष पनि सहयोग गर्ने पोखरेली मञ्च यू.के.का सल्लाहकार महेश गुरुङले बताएका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले उक्त अवार्डका लागि सहयोग गर्न आग्रह गरे संगै आफुहरुले केही न केही सहयोग गर्ने मञ्चका सल्लाहकार गुरुङले बताए । मञ्चको नवनिर्वाचित अध्यक्ष बरालले पोखरा स्पोट्र्स अवार्ड यस बर्ष छोटो समयमै गर्नुपर्ने भएकोले स्वदेशी तथा विदेशी विभिन्न संघ संस्थाको सहयोग आवश्यक भएको उल्लेख गरे ।

संक्षिप्त कार्यक्रममा पोखरेली मञ्च यू.के.का सल्लाहकार महेश गुरुङ सहित पोखरेली मञ्च यू.के.का सल्लाहकारहरु शेरा गुरुङ, भोज बहादुर गुरुङ, रुपक गुरुङ, सहारा क्लवका अध्यक्ष संस्थापक अध्यक्ष वसन्त थकाली, पुर्व अध्यक्ष द्धय विक्रम थकाली र विरभद्र आचार्य लगाएतको सहभागिता रहेको थियो ।

मञ्चले आयोजना गर्ने उक्त अवार्डबाट लाइभ टाइम अचिभमेन्ट अवार्ड, बर्ष उत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट पत्रकार लगायतको बिधामा अवार्ड वितरण गर्दै आएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अध्यक्ष बरालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close