पोखरा स्पोर्टस । तालै तालको शहर पोखरामा पहिलो पटक नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदर्शनी खेलको रुपमा क्यानोइङ खेल आयोजना हुँदैछ ।
साहसिक खेलकुद प्याराग्लाइडिङ्ग पछि प्रदर्शनी खेलको रुपमा स्थान बनाएको क्यानोइङ फेवा तालको फ्ल्याट वाटरमा हुने भएको हो । सन १९९८ अर्थात २५ वर्ष अघि नेपालमा क्यानोइङ खेल सुरुवात भएको बताउँछन् यो खेलका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी निम बहादुर मगर । उनले भने–“मैले नै २५ वर्ष अघि नेपालमा क्यानोइङ खेलको सुरुवात गरेको हो तर राज्यको सहयोग प्रयाप्त नहुँदा यति बेला यो खेल थला जस्तै परेको छ ।”
नेपालका सहासिक खेलको प्रचुर सम्भावना रहे पनि राज्यको लगानी आवश्यक रहेको बताउँछन नेपाल सहासिक खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई । उनले भने–“एसियन र ओलम्पिक खेलमा समेत हामीलाई पदकको सम्भावना छ भने अर्कोतर्फ पोखरा दक्षिण एसियामा नै क्यानोइङ खेलको केन्द्र बन्न सक्छ ।” पोखराको पर्यटन प्रवर्द्धनका लागि वाटर स्पोर्टसको विकास आवश्यक रहेको बताउँदै नवौं राष्ट्रिय खेलकुदमा केही खेल सामाग्री आएमा खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने उनले बताए ।
नवौं राष्ट्रिय खेलकुदमा फ्ल्याट वाटरमा खेल हुँदैछ नि भन्ने प्रश्नमा मगरले आश्चर्य मान्दै भने–“फ्ल्याट वाटरमा खेल्ने सामाग्री नै छैन कसरी सम्भव हुन्छ ?” क्यानोइङका लागि खेलाडी भए पनि खेल सामाग्री नहुँदा समस्या हुने उनी बताउँछन् । नदीमा खेल्नका लागि खेल सामाग्री भए पनि फ्ल्याट वाटरका लागि नेपालमा खेल सामाग्री नभएको उनको भनाई छ । जेठ २२ गते सुरु हुने नवौंको लागि खेल सामाग्री नहुँदा क्यानोइङ खेल झारा टार्नका लागि मात्रै घोषणा गरिएको मात्रै हो की भन्ने प्रश्न उव्जिएको उनको भनाई छ ।
पोखरालाई साहसिक खेलको केन्द्र बनाउनु पर्छ भनेर आफूले पटक पटक आवाज उठाउँदै आएको बताउँदै नेपाल र्याफटिङ संघका निवर्तमान अध्यक्ष समेत रहेका मगरले भने–“हामीले २४ वर्ष अघि फ्ल्याट वाटरका लागि भनेर नै २५/२६ वटा बोट नेपाल ल्याएका थियौं तर त्यसको खासै उपयोग हुन सकेन” उनले थपे–“फेरी हामीले १५ वर्ष अघि केही बोट ल्यायौं तर संरक्षण हुन सकेन ।” आफ्नै पहलमा लामो समय सम्म ति सामाग्रीहरु संरक्षण गरेको उनले बताए । उनले भने–“राज्यले नै यस्ता महङ्गा खेल सामाग्रीको संरक्षण गर्नुपछ भन्ने कुरा कहिल्यै सुनेन । हामीले पटक–पटक यस बारे भन्यौं तर बाट सुनुवाई भएन ।”
राखेप तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमाल दाहालले पोखरामा फ्ल्याट वाटरमा क्यानोइङ खेलको सम्भावना देखेर नै प्रदर्शनी खेलको रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको बताए । उनले भने–“नेपालमा लामो समय देखि यो खेल आयोजना हुँदै आएको छ तर अझै व्यवस्थित हुन सकेको छैन हामीले पोखराबाट शुरुवात गर्नुपर्छ भनेर नै प्रदर्शनी खेलको रपमा अघि सारेका हौं यसले यहाँको तालहरुलाई स्पोर्टस हवको रुपमा विकास गर्न समेत सहयोग पुग्नेछ ।”
खेल हुने भए पछि खेलाडीहरुमा उत्साह जाग्नु त स्वभाविक भए पनि खेल सामाग्री नभई कसरी खेल आयोजना गर्ने भन्ने विषय मुख्य रहेको मगर बताउँछन् । क्यानोइङ खेल नेपालका लागि मेडल ल्याउन सक्ने सम्भव्यता रहेको खेल रहे पनि राखेपले त्यसतर्फ ध्यान दिन नसक्दा यो खेलमा आकर्षित खेलाडीहरुको संख्या समेत घट्दै गएको उनले बताए । ‘क्यानोइङ खेलको नेपालमा प्रचुर सम्भावना भएर देखेर नै होला राखेपले पदर्शनी खेलको रुपमा अघि बढाएको छ यो खुसीको कुरा हो”, उनले थपे–“हामी सङ्ग खेलाडी छन्, ग्राउण्ड पनि छ, तर बल नै छैन, मुख्य कुरा यहि हो ।”