एसियन गेम्स बक्सिङ छनौट : दिपेश पुन र भुपेन्द्र थापा बिजयी

पोखरा स्पोर्टस । नेपाल बक्सिङ संघले सन् २०२२ को सेम्पेटबर १० देखि २५ तारिख सम्म मित्रराष्ट्र चीनमा हुन गईरहेको १९ औं एसियन गेम्समा सहभागी हुन गत १४ गतेबाट संचालित छनौट प्रतियोगिताको आज दोस्रो दिन जारी रहेको छ ।

दोश्रो दिन भएको सेमिफाइनल खेलहरुमा महिला तर्फ ५१ केजी तौल समुहमा नेपाल आर्मी बि का खेलाडी ललिता महर्जनलाई नेपाल आर्मी ए का मिनु गुरुङले वाक ओभरको आधारमा ले जित हासिल गरेकी हुन्। सोही तौल समुहमा नेपाल प्रहरीका रिता धरलालाई एबिडिका आधारमा बागमती प्रदेशका खेलाडी सुस्मा तामाङले जितिन ।

५७ केजी तौल समुहमा नेपाल आर्मीका खेलाडी चन्द्रकला थापामगरलाई बागमती प्रदेशका खेलाडी हेमा राईले वाकओभरको आधारमा जित हासिल गरिन् ।सोहि तौल समुहमा नेपाल प्रहरी ए का खेलाडी निशा तामाङलाई नेपाल आर्मी बि का खेलाडी बिमला श्रेष्ठले ५–० अंकको आधारमा जित हासिल गरिन् ।

६० केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी देचेन शेर्पाललाई सशस्त्र प्रहिरीका संगिता सुनुवारले वाकओभरको आधारमा जितिन् । सोही तौल समुहमा नेपाल आर्मी ए का खेलाडी पुनम रावललाई नेपाल आर्मी बि का खेलाडीले वाकओभरको आधारमा जित हासिल गरिन् ।

पुरुष तर्फ ५२ केजि तौलसमुहमा नेपाल आर्मीका खेलाडी प्रेम चौधरीलाई बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले वाकभोभरको आधारमा जित हासिल गरे । सोही तौल समुहमा सशस्त्र प्रहिरीका प्रदिप महर्जनलाई नेपाल प्रहरी ए का खेलाडी चन्द्र बहादुर थापाले ४–१ अंकको आधारमा जित हासिल गरे ।

५७ केजी तौल समुहमा नेपाल आर्मीका खेलाडी ईन्द्र बहादुर सुनारलाई सशस्त्र प्रहिरीका खेलाडी पुरन राईले ५–० को आधारमा जिते । सोही तौल समुहमा नेपाल प्रहरी बि का खेलाडी शम्भु राजबंशीलाई बागमती प्रदेशका खेलाडी सुरज महर्जनले ५–० को आधारमा जित हासिल गरे ।

६३ केजी तौल समुहमा नेपाल आर्मी ए का खेलाडी लालुआले मगरलाई नेपाल प्रहरीका भुपेन्द्र थापामगरले ५–० अंकको आधारमा जित हासिल गरे । सोही तौल समुहमा बागमती प्रदेशका खेलाडी निसान दासलाई सशस्त्र प्रहिरी ए का खेलाडी सोनाम सार्कीले ४–१ अंकको आधारमा जिते ।

७५ केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी साजन थिङ्ग तामाङलाई नेपाल आर्मी ए का खेलाडी दिपक श्रेष्ठले ५–० अंकको आधारमा जित हासिल गरे ।सोही तौल समुहमा बागमती प्रदेशका खेलाडी सनिल शाहीलाई नेपाल आर्मी बि का खेलाडी दिपेश लामाले ३–२ अंकको आधारमा जित हासिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close