इण्डो नेपाल मुआथाई च्याम्पियनसिप खेल्न गण्डकीको टोली काठमाण्डौ जाने

पोखरा स्पोर्टस । आठौं इण्डो नेपाल मुआथाई च्याम्पियनसिपमा गण्डकी प्रदेशको मुआथाई टोलीले सहभागिता जनाउने भएको छ ।

काठमाण्डौ यहि बैशाख १६ र १७ गते आयोजना हुने उक्त प्रतियोगितामा एक महिला सहित तिन जना पुरुष खेलाडीले सहभागिता जनाउने भएका हुन् ।

प्रतियोगितामा महिलातर्फ ४८ केजीमा शुरक्षा केसी, पुरुष ४३ केजीमा अनिश मगर, ४५ केजीमा अनिश वुढा मगर र सोही तौलमा अर्मान गुरुङ तथा ६३ केजी तौलमा रोहित कायतले सहभागिता जनाउने नेपाल मुआथाई संघ गण्डकीका संयोजक खगेन्द्र क्षेत्रीले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । उक्त प्रतियोगितामा प्रशिक्षकको रुपमा रुपक नेपालीले सहभागिता जनाउने छन् ।

सहभागिता जनाउने खेलाडीहरु बिहिबार काठमाडौं प्रस्थान गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close