मनाङमा सम्पन्न प्रदेशस्तरिय ताराखेलमा म्याग्दीलाई उपाधि

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित प्रदेशस्तरिय ताराखेलमा म्याग्दी जिल्लाले बाजी मारेको छ ।

पराम्परगत खेल संरक्षणका लागि मनाङको ङिसाङमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा म्याग्दी जिल्ला ८८ अंक सहित उपाधि जितेको हो । यसै गरी ८३ अंकका साथ कास्की जिल्ला दोश्रो र ७० अंक जोड्दै मुस्ताड जिल्ला तेश्रो हुन सफल भएको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् ।

म्याग्दीले उपाधि सहित नगद ५० हजार हात पारेको छ भने दोश्रो हुने कास्कीले नगद ३० हजार र तेश्रो हुने मुस्ताङले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा १९ अंकका साथ म्याग्दी जिल्लाका खेलाडी कृष्ण घर्ती मगर सर्बश्रेष्ठ धनुर्धर र दुई खोल हाली बाग्लुड जिल्लाका खेलाडी प्रबिन श्रेष्ठ बिशिष्ट धनुर्धर हुन सफल भएका छन् । सर्वश्रेष्ठ धर्नुधरले कृष्णले नगद ५ हजार र विशिष्ट धर्नुधर प्रविनले नगद ३ हजार प्राप्त गरेको संयोजक शेरचनले जानकारी दिए ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए । गण्डकी प्रदेशको परम्परागत खेल घोडा दौड र ताराखेल संरक्षणका लागि प्रतियोगिता महत्वपूर्ण रहेको मन्त्री गुरुङले जनाए ।

प्रतियोगिता अन्तर्गत तारा खेलमा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाका गरी ६ जिल्लाका ३६ जना खेलाडी सहभागी थिए । घोडा दौडतर्फ भने मनाङ जिल्लाका ५ खेलाडी सहभागि रहेको प्रदेश खेलकुदका सदस्य समेत रहेका शेरचचनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close