
पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समिति र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरामा प्रथम पालिका कप कास्की जिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ हुने भएको छ ।
पोखरामा आगामी जेठ २२ देखि २८ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि खेलाडीहरु उत्पादन गर्न र जिल्लामा छरिएर रहेका खेलाडीहरुलाई क्षमता प्रदर्शन गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जारी प्रेश विज्ञप्तीमा जनाइएको हो ।
उक्त प्रतियोगिता यहि वैशाख १७ गते देखी १९ गते सम्म पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने आयोजकले जनाएको छ । लिग कम नक आउट चरण्को आधारमा हुने प्रतियोगितामा एक पालिकाबाट २ टिम पुरुष र २ टिम महिला गरि कुल ४ टिम सहभागि गराईने भएको पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदारले जनाएका छन् ।
प्रतियोगिताका लागि सम्पुर्ण पालिकाहरुलाई पत्रचार गरी टिम दर्ता भईरहेको जानकारी दिंदै कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश रु.१,११,१११।–,रु.५५,५५५।–र रु.३३,३३३।– नगद, ट्रफि,मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने जानकारी दिएका छन् । त्यसै गरी उत्कृष्ट ६ विधाका खेलाडीहरुलाई जनही नगद रु.५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु.१० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
