ठेलो खेलको गण्डकी प्रदेशस्तरिय तदर्थ समिति गठन

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा सर्वाधिक लोकप्रिय परम्परागत खेल ठेलो खेलको गण्डकी प्रदेश स्तरिय तदर्थ समिति गठन गरिएको छ ।

ठेलो खेलको विकास संगै आगामी नवौं राष्ट्रिय खेलकुदमा समेत समावेश गर्ने उद्धेश्यका साथ सम्पन्न एक भेलाले तदर्थ समिति गठन गरेको हो । गठिन समितीको अध्यक्षमा प्रेम बहादुर गुरुङ रहेका छन् । उनी अग्रज ठेलो खेलाडी समेत हुन् । गठित समितिको उपाध्यक्षमा गणेश बहादुर गुरुङ, सचिवमा वुद्धी बहादुर सुनार र कोषाध्यक्षमा हेम बहादुर गुरुङ रहेको छन् ।

यसै गरी समितिको सदस्य विजया कुमारी गुरुङ, रञ्जन अधिकारी, श्रीलाल सुवेदी रहेका छन् ।

नव गठित समितिका अध्यक्ष प्रेम बहादुर गुरुङले ठेलो खेलको विकासका लागि प्रदेशका ११ वटै जिल्ला समितिहरु गठन गर्ने, विधान तयार गर्ने लगायतका कार्यहरुलाई पहिलो चरणमा सम्पन्न गर्ने जनाएका छन् ।

सम्पन्न भेलामा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली लगायतको सहभागिता रहेको थियो । भेलामा सदस्य सचिव गुरुङले नव गठित तदर्थ समितिलाई शुभकामना दिंदै नवौं राष्ट्रिय खेलकुदमा ठेलो खेललाई अघि बढाउने गरी प्रस्ताव गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close