विश्व तेक्वान्दो च्याम्पियनसिपमा नोर्बु निर्णायकमा

पोखरा स्पोर्टस । विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दै छन् । प्रतियोगिता सोमबारदेखि दक्षिण कोरियाको गोयाङमा सुरु हुँदैछ ।

तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ ।

नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै अनलाइन प्रतियोगितामा पनि उनी निर्णायकको जिम्मेवारीमा रहिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close