एफएनजे फुटसल मिडिया कपमा कास्की अनलाइन खवर संग भिड्ने

पोखरा स्पोर्टस । नेपाल पत्रकार महासंघ (एफएनजे) स्थापना दिवश मनाउने सन्दर्भका साथ आयोजित ‘प्रथम मिडिया कप फुटसल’ चैत २८ गते हुने भएको छ ।

काठमाडौमा आयोजना हुने उक्त फुटसल प्रतियोगितामा विभिन्न सञ्चार माध्यम सहित कास्की पत्रकार महासंघले समेत सहभागिता जनाउने भएको छ । चैत २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कास्की महासंघ अनलाइन खवर संग भिड्ने भएको छ ।

नक आउटका आधारमा सञ्चालन हुने प्रथम मिडिया कप फुटसलमा कुल १६ टिमको सहभागिता रहेको छ । जसमा प्रेस काउन्सिल नेपालको समेत सहभागिता रहने प्रतियोगिताका संयोजक पवन आचार्यले जानकारी दिएका छन् । खेलकुदका माध्यमबाट विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी विच आपसी सम्वन्धलाई अझै बलियो वनाउन प्रतियोगिताले सहयोगी भुमिका खेल्ने संयोजक आचार्यले जनाए ।

पहिलो दिन चैत २८ गते पहिलो चरण अन्तर्गत सम्पूर्ण खेलहरु र दोस्रो दिन चैत २९ गते सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close