पोखरामा सुरु भयो मेयर कप बास्केटबल, जेभियरको विजयी सुरुवात

पोखरा स्पोर्टस । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा आज देखि पोखरामा ‘दोश्रो मेयर कप खुला राष्ट्रिय माविस्तरिय छात्र/छात्रा तथा तेश्रो टाइगर ग्रुप भेट्रान्स बास्केटबल प्रतियोगिता’ सुरु भएको छ ।

यहि २७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । कोभिड १९ का कारण दुई वर्ष देखि स्थगित उक्त प्रतियोगिताको उद्घाटन संगै मन्त्री गुरुङले पोखरा रंगशाला बास्केटबल कोर्टमा नव निर्मित प्यारापिटको समेत उद्घाटन गरेका छन् । उक्त ँप्यारापिट प्रदेश सरकारको ५ लाख सहयोगमा निर्माण गरिएको हो ।

आज सुरु भएको प्रतियोगितामा छात्रतर्फका १२ वटा खेलहरु सम्पन्न भएका छन् । उद्घाटन खेलमा जेभियर इन्टरनेशल कलेज काठमाण्डौले पोखराको न्यू ग्यालेक्सीलाई ६०–४५ को स्कोरमा पराजित गरेको छ । त्यससै गरी पहिलो चरण अन्तगर्त नेपाल राष्ट्रिय मावि, प्रतिभा मावि, हिमाल कलेज, टाइम्स कलेज काठमाण्डौ, लक्ष्मी मावि पोखरा, भद्रकाली मावि, पोखरा मावि, मनकामना मावि, माउन्ट एभरेष्ट कलेजले आ–आफ्नो खेल जितेको आयोजकले जनाएको छ ।

कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका ृउपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदारले प्रतियोगिताको महत्वका वारेमा प्रकाश पारेका थिए ।

उक्त प्रतियोगितामा मावि छात्र (प्लस टु) विद्यालयतर्फ २० टिम, छात्रातर्फ २ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको छ ।प्रतियोगितामा उपाधि विजेता र उपविजेता छात्रा/छात्रा टिमले जनही नगद रु ३०/३० र २०/२० हजार र भेट्रान्सतर्फको उपाधि विजेता र उपविजेता टिमले नगद ६० र ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च लाग्ने जनाउँदै अध्यक्ष गुरुङले पोखरा महानगर पालिकाको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिताका लागि यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, टाइगर ग्रुप अफ पोखरा नेपाल, फेवा/सावित्री  जेभी लगायतले विशेष सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close