
पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडास्तरीय पुरुषतर्फको भलिबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको पोखरा महानगर पालिकाकी उप–प्रमुख मञ्जु देवी गुरूङले गरेकी हुन् । पहिलो दिन प्रि–क्वाटर र क्वाटर फाइनलतर्फका खेलहरु सम्पन्न भएको प्रतियोगिताको आयोजक पोखरा महानगर खेलकुद विकास समितीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत वडा नं १९, २१, २३ र २५ अन्तिम चारमा भिड्ने प्रतियोगितका अफिसियल राजेन्द्र केसीले पोखरा स्पोर्टसलाई जानकारी दिए । केसीका अनुसार भोली बुधबार हुने सेमीफाइनलमा वडा नं १९ र २२ तथा २१ र २३ भिड्ने छन् । भोली नै तेश्रो स्थान सङ्गै उपाधि विजेता टिमको समेत टुङ्गो लाग्ने छ ।
आज सम्पन्न प्रि–क्वाटरतर्फका ८ वटा खेलहरु सम्पन्न भएका छन् । १३ टिम सहभागिता जनाएको प्रतियोगितामा वडा नं २९ ले २८ लाई २५–१८, २५–१६ ले, वडा नं २३ ले २० लाई २५–१७ र २५–१६ ले, वडा नं २२ ले २४ लाई २५–१३ र २५–२४ ले, वडा नं ३३ ले १९ लाई २५–२३ र २५–११ को सोझो सेटमा पराजित गरेका थिए भने क्वाटरफाइनलतर्फको खेलमा वडा नं ३३ ले वडा नं १४ लाई २५–१७, २३–२५ र २५–२० ले, वडा नं २१ ले २९ लाई २५–१८ र २५–१३ र वडा नं २३ ले वडा नं १६ लाई २५–१५ र २५–१५ को सोझो सेटमा पाखा लगाएका थिए ।
यस अघि प्रतियोगिताको उद्घाटन कार्यक्रम समितीका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको थियो । उद्घाटन कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरूङ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङ, सदस्य सचिव तेज बहादुर गुरूङ, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख हेम प्रसाद आचार्य, जिल्ला भलिवलका अध्यक्ष भिम पराजुली लगायतको सहभागिता रहेको थियो ।
नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा उपाधि विजेता टिमले नगद १ लाख २० हजार, उपविजेताले नगद ७० हजार, तृतिय हुने टिमले नगद ४० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने समितीका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने पाँच विद्याका खेलाडीहरुलाई जनही नगद ५ हजार प्रदान गरिने छ ।
प्रतियोगिता अन्तर्गत महिलाहरुको छनौट खेल २३ गते सञ्चालन हुनेछ ।
