राष्ट्रिय तेक्वान्दोमा पदक विजेता गण्डकी टोलीलाई स्वागत

पोखरा स्पोर्टस । काठमाडौंमा सम्पन्न १७ औं राष्ट्रिय तेक्वान्दोमा पदक विजेता टोलीलाई आइतबार पोखरामा स्वागत गरिएको छ ।

राष्ट्रिय तेक्वान्दो प्रतियोगिताबाट पोखरा फर्किएको टोलीलाई नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले पोखरा रंगशालामा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । उक्त प्रतियोगितामा गण्डकीले एक स्वर्ण सहित, एक रजत र तिन कास्य पदक जितेको थियो ।

पदक जित्ने खेलाडीमा ७८ केजी तौल मुनीको जुनियर प्रतियोगितामा सुरेन जेडी मगरले स्वर्ण जितेका थिए भने ६८ केजी तौल मुनीको सिनियरतर्फको खेलमा हेमन गुरुङले कास्य पदक जितेका थिए । त्यस्तै सिनियर महिलातर्फ ४९ केजी तौल मुनी सरिता वयलकोटी र ६७ केजी तौल मुनी स्मृती नेपालीले कास्य पदक जितेका थिए । त्यस्तै जुनियर ५५ केजी तौल मुनी पुरुषतर्फ सुजन गुरुङले कास्य पदक हात पारेका थिए ।

उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट २६ खेलाडीको सहभागिता रहेको थियो । प्रशिक्षकमा कुमार गुरुङ र गंगा बहादुर गुरुङ रहेका थिए भने व्यवस्थापकमा सुन बहादुर लामा रहेका थिए ।

खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगायतले खादा, अविर लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा संघका अध्यक्ष जगन गुरुङले लामो समय पछि गण्डकी प्रदेशले उत्कृष्ट नतिजा ल्याएको भन्दै खुसी व्यक्त गर्दै खेलाडीहरुलाई अझै मेहनतका साथ प्रशिक्षणमा सहभागि हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close