माछापुच्छ्रेस्थित पातिखोला महोत्सवमा भलिबल हुने

पोखरा स्पोर्टस । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने पातिखोलामा चैते दशैको अवसरमा यहि २५ देखि २७ गते सम्म ‘तेस्रो पातिखोला महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०७८’ हुने भएको छ ।

महोत्सवको आयोजक संस्था पातिखोला गुफा संरक्षण समितीले महोत्वसको तयारी सुरु भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिंदै पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता संगै ठेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र रत्यौली गित प्रतियोगिता हुने भएको जनाएको हो ।

पौराणिक र ऐतिहासिक पातिखोला गुफाको प्रचार प्रसार एवम संरक्षण अभियानमा समेत सहयोगका लागि आयोजित उक्त मेलामा भलिवलतर्फ उपाधि विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक याम बहादुर गुरुङले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट हुने एक खेलाडीलाई नगद १० हजार सहित सम्मान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट पाँच विद्यातर्फ वेष्ट स्पाइकर, वेष्ट व्लकर, वेष्ट सेटर, वेष्ट डिफेन्स र वेष्ट सर्भरले जनही नगद ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीले सहभागिता जनाउन नपाउने आयोजकले जनाएको छ ।

त्यस्तै पुरुष ठेलो प्रतियोगितामा विजेता हुने खेलाडीले नगद ११ हजार १ सय ११ र उपविजेताले नगद ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । महोत्सव अन्तर्गत हुने ठेलो प्रतियोगितामा विजयी हुने खेलाडीले प्रथम पुरस्कार २२ हजार २ सय २२ र द्वितिय पुरस्कार ११ हजार १ सय ११ हात पार्नेछन् भने महिलाहरुको रत्यौली गीत प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमश नगद १०, ७, ४ र दुई हजार पाउनेछन् ।

पोखराबाट नजिकको दुरी करिव ८ किलोमिटरमा रहेको पातिखोला गुफा संरक्षणको अभियान समेत सुरु गरिएको जानकारी दिंदै महोत्सवका संयोजक डम्वर सिंह गुरुङले दुइतला रहेको गुफामा करिव ४० प्रजातीका चमेरा समेत रहेको बताए । विभिन्न देवी देवताका मुर्तीहरु समेत रहेको गुफाको संरक्षणका लागि गण्डकी प्रदेश सरकारले सहयोग गरेको जानकारी दिंदै गुफाका बारे धेरै किंवदन्ती समेत रहेको महोत्सवकी कोषाध्यक्ष मायाँ गुरुङले जानकारी दिइन् ।

महोत्सव सफल बनाउन जापान, हङकङ र युकेबाट विभिन्न महानुभावहरुले सहयोग गरेको तथा महोत्सवबाट १६ लाख आम्दानी र खर्च १३ लाख हुने आयोजकले जनाएको छ । महोत्सव उद्घाटनका दिन काठमाडौबाट लोकदोहोरीको इन्द्रेणी ग्रुप समेत पातिखोला आउने भएको सांस्कृति उपसमितीकी संयोजक लोकदोहोरी गायिका पार्वती जिसीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close