नेकोस बागमतीको प्रथम वैठक सम्पन्न

पोखरा स्पोर्टस । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न भएको छ ।

प्रदेश अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा बागमती प्रदेशमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउनका लागि चुनाव केन्द्रीत अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुदका लागि छुट्याइएको बजेट पुर्ण रूपमा खेलकुदमै खर्च हुनुपर्छ र कुनै नेता–सांसदको चुनावी खर्च बनाउने नियत नराख्न सरोकारवालाको ध्यानाकर्षण गरेका छन् । बस्नेतले केही दिन अगाडि बागमती प्रदेश खेलकुद परिषदले आयोजना गरेको बागमती प्रदेश खेलकुद महोत्सवमा चरम अनियमितता भएको गुनासो खेलक्षेत्रका अगुवाहरुबाट सुनिन आएको हुँदा त्यसको तत्काल छानबिनका लागि दबाब दिन महासंघको बागमती प्रदेशलाई पहलकदमी लिन निर्देशन दिए ।

महासंघको केन्द्रीय निर्वाचन परिचालन अभियानका संयोजक समेत रहेका बागमती प्रदेश ईन्चार्ज धरम बहादुर लामाले खेलक्षेत्रको विकास नै महासंघको पहिलो एजेन्डा भएको हुँदा मातहतका जिल्ला तथा पालिका कमिटीलाई सोही अनुसार कार्यक्रम तय गर्न निर्देशन दिए ।उक्त बैठकले सचिवालयको गठन तथा कार्यविभाजन समेत गरेको छ ।

बागमती प्रदेशको बैठकमा महासंघका संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल, खेल संघ समन्वय विभाग प्रमुख ओमकृष्ण प्रसाई, खेलाडी तथा प्रशिक्षक विभाग प्रमुख धर्मकुमार श्रेष्ठ, कार्यालय विभाग प्रमुख रामकृष्ण खड्का, प्रचारविभाग प्रमुख उमेश केसी, बागमती प्रदेशका सह ईन्चार्ज दिपक न्यौपाने, उज्वल प्रसाई तथा तिर्थ बहादुर खड्का लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close