पोखरामा दोश्रो मेयर कप छात्र/छात्रा तथा भेट्रान्स बास्केटबल हुने

पोखरा स्पोर्टस । पोखरामा ‘दोश्रो मेयर कप खुला राष्ट्रिय माविस्तरिय छात्र/छात्रा तथा तेश्रो टाइगर ग्रुप भेट्रान्स बास्केटबल प्रतियोगिता’ यहि चैत २३ देखि २७ गते सम्म हुने भएको हो ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता अन्तर्गत खुला राष्ट्रिय छात्र/छात्रा भलिवल प्रतियोगिता भने ‘प्लस टु लेभल’को हुने आयोजक संस्थाका अध्यक्ष धोज कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका गुरुङका अनुसार छात्रतर्फ २० टिम र छात्रातर्फ २५ टिमको सहभागिता हुने छ भने भेट्रान्स ४० वर्ष माथीको प्रतियोगितामा १२ टिमको सहभागिता हुने भएको छ ।

कोभिड १९ को महामारी पछि हुन लागेको उक्त प्रतियोगितामा उपाधि विजेता र उपविजेता छात्रा/छात्रा टिमले जनही नगद रु ३०/३० र २०/२० हजार र भेट्रान्सतर्फको उपाधि विजेता र उपविजेता टिमले नगद ६० र ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भएको जानकारी गराउँदै अध्यक्ष गुरुङले काठमाडौका तिन माविहरुले टिम दर्ता गराई सकेको बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च लाग्ने जनाउँदै अध्यक्ष गुरुङले पोखरा महानगर पालिकाको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिताका लागि यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, टाइगर ग्रुप अफ पोखरा नेपाल, फेवा/सावित्री  जेभी लगायतले विशेष सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close