
पोखरा स्पोर्टस । ‘महिला शसक्तिकरणका लागि सहयात्रा, राष्ट्रिय प्रतियोगितामा महिला खेलाडी सहभागिता’ अभियान अन्तर्गत बैशाख ३ गते टेलिकम कप राष्ट्रिय खुला महिला ह्याण्डबल प्रतियोगिता आयोजना हुने भएको छ ।
उक्त प्रतियोगिताको आयोजक नेपाल ह्याण्डबल संघले एक प्रेश बिज्ञप्ती जारी गर्दै २०७९ बैशाख ३ देखि ६ गते सम्म काठमाण्डौ बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ गोल्फुटार खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । उक्त प्रतियोगितालाई नेपाल टेलिकमको मुख्य प्रायोजन गर्ने भएको छ ।
यस्तै उदयपुर जिल्लाको बेलका नगरपालिकामा राष्ट्रिय खुला पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ । यहि २०७८ चैत्र २१ देखि २४ गते सम्म आयोजना हुने प्रतियोगितालाई बेलका नगरपालिकाको मुख्य प्रायोजन हुने समेत संघका महासचिव सन्देश रेग्मीले जनाएका छन् ।
प्रतियोगितामा प्रदेश १ र दुई देखि बाहेकका प्रदेश र विभागिय टोलीमा नेपाली सेना र सशस्त्र प्रहरीबलको एपिएफ क्लबले सहभागिता जनाउने समेत महासचिव रेग्मीले जानकारी गराए । कोभिड १९ को सक्रमण पछि हुन लागेको दुवै राष्ट्रिय प्रतियोगितामा विजेता टिम तथा खेलाडीले नगद पुरस्कार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने संघले जानकारी गराएको छ ।
