राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि काठमाडौमा शुरु हुँदै

पोखरा स्पोर्टस । राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औं संस्करण शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिब ३ सय खेलाडीको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रदेश छनोट प्रतियोगितामा देखिएका उत्कृष्ट र उदीयमान ४२ खेलाडीसहित करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सिनियर र जुनियरमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । सिनियरको पुरुष/महिलामा ८–८ गरी १६ स्पर्धा समावेश छन् । जुनियरको पुरुष÷महिलामा ५–५ गरी १० स्पर्धामा खेल हुने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक राम गिरीले जानकारी दिए । यसै प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने छ । प्रतियोगिताको १६ औं संस्करण २०७५–७६ मा भएको आठौं राष्ट्रिय खेलकुदका दौरान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close