गण्डकी प्रदेश पुरुष हक्की टिमको विदाई

पोखरा स्पोर्टस । बिराटनगरमा हुने ‘तेश्रो स्व. गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा’ आज विदाई गरिएको छ ।

नेपाल हक्की संघको आयोजनामा यहि चैत ८ देखि १२ गते सम्म हुने उक्त प्रतियोगितामा सहभागी हुन गण्डकी प्रदेशको १८ सदस्यिय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ र प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले विदाई गरेका थिए । सो अवसरमा मन्त्री गुरुङले खेलाडीलाई जितको शुभकामना दिंदै अनुशासित भएर खेलमा सहभागी हुन आग्रह गरे ।

उक्त प्रतियोगितामा पवन परियार, पिताम्वर थापा, अशिम ठकुरी, सुजन मगर, आशिष जिशी, रोहन लामा, सानु लामा, कुञ्जन थापा मगर, सागर परियार, सुजन बोहरा, विशाल कुमाल, गगन केसी, अमृत गुरुङ, सुजन विक, अर्जुन श्रेष्ठ र हेमन पाइजा रहेका छन् । त्यसै गरी टिमको प्रशिक्षकमा राजन नेपाली र व्यवस्थापकमा श्री प्रसाद पुन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close