सृजना कप भलिबल : छानिए छात्रवृत्ति र पोषण (डाइट) प्राप्त गर्ने खेलाडी

पोखरा स्पोर्टस । कास्की जिल्ला भलिबल संघले तीन महिने डाईट सामग्री प्राप्त गर्ने दश विद्यार्थी छनौट गरेको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा भएको सृजना कप सामुदायीक मावि स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिताबाट तीन महिने डाइट सामग्री प्राप्त गर्ने दश विद्यार्थी छनौट गरिएको हो । तीन दिनसम्म भएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका छात्रतर्फ ५ र छात्रातर्फ ५ गरी दश खेलाडी गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट प्रदान गरिने तीन महिने डाइट सामग्री प्रदान गर्नका लागि छनौट गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार मन्त्रालयको ट्यालेन्ट हण्ट अन्तर्गत उनीहरुलाई तीन महिने डाइट सामग्री प्रदान गर्नेछ ।

त्यस्तै, प्रतियोगिताबाट उत्कृष्ट दुई खेलाडीलाई छात्रवृत्ति प्रदान गरिएको छ । प्रतियोगितामा छात्रातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने उपाधि बिजेता शान्ता माविकी गंगा गुरुङ र सरस्वती टीका माविका सुदीप विश्वकर्मालाई छात्रवृत्ति दिने घोषणा गरिएको हो । उनीहरुलाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र आयोजकको तर्फबाट एक/एक जनालाई वर्षको छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

डाईट सामग्री विद्यार्थी अध्ययन गर्ने विद्यालयमै पुगेर वितरण गरिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close