पोखरामा पहिलो पटक ३ लाख पुरस्कार राशीको भेट्रान्स फुटबल हुने

पोखरा स्पोर्टस । पोखरामा पहिलो पटक ठूलो धन राशी पुरस्कार सहितको ‘प्रथम राष्ट्रिय खुला भेट्रान्स फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले ‘सवैका लागि खेलकुद’ अभियान अन्तर्गत उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘नाइन ए साइड’ फर्मयाटमा आयोजना हुने प्रतियोगितामा उपाधि विजेताले नगद ३ लाख प्राप्त गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङले जानकारी दिएका छन् । उक्त प्रतियोगिता उपविजेता हुने टिमले १ लाख ५० हजार प्राप्त गर्नेछ भने दुई सेमीफाइनलिष्ट टिमलाई जनही नगद ३०–३० हजार प्रदान गरिने छ ।

प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, वेष्ट मिडफिल्डर, वेष्ट फवार्ड र सर्वाधिक गोलकर्तालाई जनही समान नगद रु १५ हजार प्रदान गरिने छ भने सर्वाेत्कृष्ट खेलाडीलाई नगद २० हजारका साथमा ट्रफी प्रदान गरिने भएको छ ।

आगामी चैत्र २८ देखि २०७९ वैशाख ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुने टिममा २ जना ५० वर्ष उमेर नाघेका र सात जना खेलाडी ४० वर्ष उमेर नाघेका खेलाडी समावेश गर्नुपर्ने नियम आयोजकले बनाएको छ ।

स्मरणिय के छ भने नेपालमा भेट्रान्स फुटबल प्रतियोगिता सुरुवात गर्ने संस्थाको रुपमा बगर भाइ खलक पोखराले पहिचान बनाइसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close