काठमाडौका खेल पत्रकार सम्मानित

पोखरा स्पोर्टस । बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले विभिन्न राष्ट्रिय दैनिकका ८ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ । पारामाउन्टले आफ्नो १७ औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुने खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य, गोरखापत्र दैनिकका प्रजित शाक्य, नागरिकका अनिल मल्ल ठकुरी, नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्याय, राइजिङ नेपालका प्रमोद जोशी, नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, राजधानीका रामसुदन तिम्सिना र सौर्यका रोशनकुमार सिंह रहेका छन् ।

उनीहरुलाई पारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसी, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस), नेपाल गोजुरियो कराते संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका पूर्व निर्देशक डा.प्रकाश प्रधान, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डे, पारामाउन्टका संस्थापक निर्देशक प्रमोद पाण्डे र पारामाउन्टका खेलकुद विभाग प्रमुख सुमन तिमल्सिनाले नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत पनि नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close