‘ओलम्पिकमा पुग्ने नेपाली खेलाडीको सपना मात्रै रह्यो’– खेलकुद मन्त्री गहतराज

स्थानिय तहको निर्वाचन पछि नवौं राष्ट्रिय खेलकुद

पोखरा स्पोर्टस । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ओलम्पिकमा पुग्ने नेपाली खेलाडीको सपनामा मात्रै सिमित भएको कुरा औल्याएका छन् ।

युवा तथा खेलकुद मन्त्रालय द्वारा पोखरामा आयोजित एक अन्तक्रिया कार्यक्रममा आफ्ना भनाई राख्दै उनले उक्त कुरा औंल्याएका हुन् । मन्त्री भए पछि पहिलो पटक पोखरा आएका मन्त्री गहतराजले खेलकुद क्षेत्र पञ्चायतकालिन जस्तो व्यवस्थापन हुनुपर्ने उल्लेख गर्दै भने–“पञ्चायत कालमा जस्तो खेलाडी हुनुपर्छ, त्यतिबेला राजाको हातमा खेलकुद थियो, व्यवस्थापन चुस्त थियो, धेरै खेलाडीहरु ओलम्पिकमा सहभागि भएका थिए तर अहिले ओलम्पिक भनेको सपनामात्रै रह्यो ।” अव नेपाली खेलाडीहरु प्रतिष्पर्धा गरेर पदक हासिल गर्ने गरी ओलम्पिकमा पुग्नुपर्ने बताउँदै भने–“ खेलाडीले ओलम्पिकमा पदक ल्याएमा मात्र आफूले चाहे जस्तो जिवन जिउन सक्ने छन् ।” उनले मन्त्रालयले ओलम्पिकमा पदक ल्याउने खेलाडीलाई २ करोड पुरस्कार रकम दिने तयारी गरिरहेको समेत जनाए । उनले मन्त्रालयले कार्यविधी बनाएरै त्यसको तयारी समेत थालेको जनाए ।

विभिन्न खेलकुद प्रतियोगिताका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु संगको अन्तक्रिया पछि आफ्ना भनाई राख्दै खेलकुद भित्र हुने राजनितिले खेल क्षेत्र प्रभावित बनेको कुरा भन्न छुटाएनन् । उनले खेलाडीलाई ठेक्का पट्टा जस्तो गलत ठाउँमा दुरपयोग गरेको मात्रै नभई सिमित राजनितिक स्वार्थपुर्तीका लागि समेत प्रयोग गरिएको बताए । खेलकुदमा राज्यको लगानी न्यून रहेको तथ्य अघि सार्दै खेलाडीलाई व्यवसायिक र रोजगारमुखी बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए ।

कार्यक्रममा सहभागिहरुले समेत खेलकुद व्यवस्थापनका बारेमा कुराहरु उठाएका थिए । कार्यक्रममा सहभागि रहेका स्वयंसेवी प्रशिक्षक पुर्व राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्सालले दुई दशक लामो आफ्नो खेलयात्रा स्वयंसेवकको रुपमा विताएको पिडा सुनाए । उनले भने–“अझै पनि खेलकुदको स्थिति देख्दा उदेक लाग्छ, राज्यले प्रशिक्षक नियुक्ति नगर्दा खेलाडीका साथै आफुहरुलाई समेत जिवन धान्न हम्मे परिरहेको छ ।” उनले अहिले सम्म समेत राष्ट्रिय खेलको समेत प्रशिक्षक नभएकोले खेलाडी उत्पादनमा समेत समस्या रहेको उल्लेख गर्दै भने–“किन खेलकुदमा आउने के पाइन्छ भनेर सोध्यो भने पनि जवाफ दिने ठाउँ नै छैन ।”

यस्तै हक्कीका प्रशिक्षक राजन नेपालीले देशकै पुरानो खेल मध्येको हक्कीको आफ्नै मैदान नहुनु दर्भाग्य रहेको सुनाए । “हामीले खेल सामग्री र पोशाक आफै जोहो गरेका छौँ हाम्रा लागि त खेल मैदान समेत छैन बाकिँ कुरा गर्नै पर्दैन” उनले भने । एथलेटिक्स प्रशिक्षक गोपबहादुर अधिकारीले पनि प्रशिक्षक विहिन गण्डकीको खेलकुद धान्ने स्थिति कम्जोर हुदैँ गएको गुनासो पोखे । पौडीका प्रशिक्षक आनन्द कुवरँले संघीयतामा जादा समेत केन्द्रको मुख ताकेर जिल्ला बस्न बाध्य भएको सुनाए ।

स्थानिय तहको निर्वाचन पछि नवौं राष्ट्रिय खेलकुद
खेलकुद मन्त्री गहतराजले बिहिबार पोखरा रंगशालाको अवलोकन भ्रमण गरेका छन् । उनले नवौँ राष्ट्रिय खेलकुद लक्षित अवलोकन गरे पछि नवौं राष्ट्रिय खेलकुद जेठको पहिलो साता हुने बताए । बैशाख ३० गतेको निर्वाचनले गर्दा नवौँ खेलकुद नहुने स्पष्ट पार्दै उनले नवौ अन्तर्गत पोखरामा पौडी र सुटिङ खेल नहुने संकेत गरे । खेलकुद भित्रको अहिलेको सक्रमणकालिन अवस्था बारे घुमाउरो पाराले जवाफ दिंदै भने–“एउटा गाडीको पाटपुर्जा अर्को गाडीमा अट्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close