गण्डकी प्रदेश सहायक प्रशिक्षक तालिम अन्तिम चरणमा, प्रयोगात्मक अभ्यास जारी

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा खेल प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यका साथ पहिलो पटक सुरु गरेको तिन महिने खेलकुद सहायक प्रशिक्षक प्रशिक्षण तालिम अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले गत पौष ५ गतेबाट अनलाईन कक्षाबाट सुरु गरेको उक्त प्रशिक्षण अन्तर्गत यति बेला अन्तिम चरणका प्रशिक्षणहरु पोखरा रंगशालामा सञ्चालन भइरहेको उक्त कार्यक्रमका संयोजक कृष्ण तिमिल्सनाले जानकारी दिएका हुन् । क्षेत्रिय खेलकुदका निर्देशक समेत रहेका तिमिल्सिनाले प्रशिक्षण अन्तर्गत खेल विज्ञान तर्फको प्रशिक्षण सम्पन्न भइ यति बेला प्रयोगात्मक प्रशिक्षण सुरु गरिएको बताए ।

तिन महिना सम्म अनलाईनमार्फत भएको प्रशिक्षणमा खेल विज्ञानतर्फ विभिन्न विषयमा ६०० पूर्णाङ्कको परिक्षा समेत सञ्चालन भइसकेको संयोजक तिमिल्सिनाले जानकारी दिए । उनले भने–“हामीले ६०० पूर्णाङ्कको लिखित परिक्षा समेत सम्पन्न गरी अन्तिम चरणको प्रशिक्षणमा व्यस्त छौं ।” सहभागीहरुले मुख्य खेलहरु अन्तर्गत प्रयोगात्मक प्रशिक्षणको समेत परिक्षा दिनुपर्ने बताउँदै प्रयोगात्मकतर्फ १५० अंक, लिखिततर्फ १०० र अन्तर्वाता ५० अङ्क गरी कुल ३०० पूर्णाङकको परिक्षा दिनुपर्ने र परिक्षा समेत उर्तिण हुनुपर्ने बताए ।

प्रशिक्षणमा कुल २३ खेलका १ सय १८ जना सहभागीता रहेको जनाउँदै संयोजक तिमिल्सिानले खेल विज्ञ र सिनियर प्रशिक्षकहरुले पोखरामा आएर सहभागीहरुलाई प्रयोगात्मकतर्फको प्रशिक्षण उपलव्ध गराएको बताए । “प्रदेश खेलकुदले पहिलो पटक निकै महत्वकांक्षी योजना बनाएको थियो तर यो तिन महिने यात्रा निकै सुखदपूर्ण र उत्साहपूर्ण रह्यो”, उनले थपे–“विभिन्न विश्वविद्यालयमा अध्यापन गराउनुहुने ‘पिएचडी स्कलर’, प्राध्यापक र खेलकुदका सिनियर प्रशिक्षकहरुले समेत प्रशिक्षण प्रदान गर्न आफ्नो महत्वपूर्ण समय दिनुभएको छ ।”

प्रशिक्षण अन्तर्गत भारोत्तोलन, सारिरिक सुगठन, कब्बडीतर्फका सम्पूर्ण प्रशिक्षणहरु सम्पन्न भएका छन् । त्यस्तै यतिबेला एथलेटिक्स्, बक्सिङ, जिम्न्याष्टिक, आर्चरी, व्याडमिन्टन, बास्केटबल, फुटबल, जुडो, आइटिएफ तेक्वान्दो, तेक्वान्दो, हाप्किडो, भलिवल, उशु र फेन्सिङका प्रयोगात्मक अभ्यास जारी रहेका छन् ।

One Comment

  1. यहाँहरु सम्पुर्णमा हार्दिक बधाई छ साथै यो तीन महिने अनलाइन खेल बिज्ञानमा गण्डकी प्रदेश हाप्किडो संघका प्रशिक्षक समेतलाई हार्दिक बधाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close