एनओसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस : प्रशिक्षक मल्ल र गिरी सम्मानित

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले एक भव्य कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनााएको छ ।

एनओसी अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा प्रशिक्षक सुधासेन मल्ल र राखेपमा कार्यरत कर्मचारी जुलुम गिरीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । एनओसीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान पत्रसहित २५ हजार रुपैंया प्रदान गरी सम्मान गर्नु भएको हो ।

पुरस्कारको प्राविधिकतर्फ मल्ललाई सम्मान गरिएको हो । सन् १९८३ मा नेपालमा तेक्वान्दो भित्रिएको वर्षको पहिलो पुस्ताका खेलाडी गिरी पहिलो महिला ब्ल्याकबेल्ट समेत हुनुहुन्छ । पुरस्कारको प्रशासनतर्फ गिरीलाई सम्मान गरिएको हो र उहाँ तीन दशक लामो समयदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा विभिन्न जिम्मेवारी निभाउँदै आउनु भएको छ ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा महिला सहभागितामा जोड दिनु हुँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि खेलकुदमा महिलाको बलियो उपस्थितिलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नेपाली खेलकुदमा मल्ल र गिरीको पनि अतुलनीय योगदान रहेको समेत बताउनुभयो । सम्मानित हुने मल्ल र गिरीले उक्त सम्मानका लागि आभार प्रकट गरेका छन् ।

कमिसनका अध्यक्ष ज्योति राणाको सभापतित्वमा भएको कार्यक्रममा कमिसनकी सचिव विमला पौडेल र सदस्य प्रमिला सिंह श्रेष्ठले समेत आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, उपाध्यक्षद्वय सुनिल कुमार श्रेष्ठ र अशोक रत्न बज्राचार्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, सचिवद्वय रामजी बहादुर श्रेष्ठ र दिपकहर्ष बज्राचार्य, सदस्यहरु होम दोङ, राम अवाले, रमेश सिवाकोटी, नेपाल ओलम्पियन एशोसियनका अध्यक्ष दिपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, ओलम्पियनहरु, एनओसीका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close