एनएसजेएफ स्पोर्ट्स अवार्डमा इसेवाको साथ, चार खेलाडी मनोनयनमा परे

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र विद्युतीय भुक्तानीका लागि सेवाप्रदायक कम्पनी ई–सेवाबीच प्रायोजन सम्झौता गरेको छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि मञ्चले यसपटक पनि इसेवासँग भोटिङ पार्टनरका रुपमा प्रायोजन सम्झौता गरेको हो । आइतबार सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र इसेवाका तर्फबाट चिफ म्यानेजर आशिष गौतमले हस्ताक्षर गरेका छन् ।

इसेवाका चिफ म्यानेजर आशिष गौतमले नेपाली खेल क्षेत्रको प्रतिष्ठित अवार्डमा जोडिन पाउँदा गौरवान्वित महसुस भएको बताए । ‘‘हामी नेपाली खेलकुदसँग सधै नजिक रहदै आएका छौं । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा थप खुशी छौं,’’ इसेवाका चिफ म्यानेजर गौतमले भने, ‘‘एनएसजेएफसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।’’

यससँगै अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्न सफल खेलाडीलाई समर्थकले इसेवामार्फत मत दिने पाउनेछन् । मञ्चको इसेवासँग दोस्रो सहकार्य हो । मञ्चको छनोट समितीले पिपल्स च्वाइज विधामा टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई मनोनयन गरेको हो ।

मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थक मतदान गर्नेछन् । धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close