पोखरा १३ स्थित ताराकुञ्जले आयोजना गर्‍यो पर्वतिय दौड

पोखरा स्पोर्टस । आफ्नो रजत मनाउने सन्दर्भमा पोखरा महानगर पालिका वडा नं १३ स्थित ताराकुञ्ज सेकेण्डरी स्कुलले १८ औं संस्करणको विद्यालयस्तरिय मिनि पर्वतिय दौडको आयोजना गरेको छ ।

उक्त पर्वतिय दौडमा छात्रतर्फ बसन्त बिक प्रथम भएका छन् । त्यसै गरी दौड आयोजक विद्यालयका तारा कुञ्ज सेकेण्डरीका नविन क्षेत्री द्वितिय, भद्रकालीका गंगा गुरुङ तृतिय, ताराकुञ्जका रचित कार्की र अक्सफोर्डका सफल गुरुङले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

यसै गरी छात्रातर्फ भद्रकाली मावीकी बालकुमारी विक प्रथम, रतन पाण्डेकी संस्कृत लामिछाने द्वितिय, ताराकुञ्ज सेकेण्डरेकी भावना रानभाट तृतिय, भद्रकाली मावीका जोयुशा गुरुङ र रिया तामाङले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका निर्देकशक विष्णु तिमिल्सिनाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा विजयीहुने खेलाडीहरुलाई क्षेत्रिय खेलकुदका निर्देशक एवम नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा आफना भनाई राख्दै महासचिव तिमिल्सिनाले पोखरालाई दौडको शहरको रुपमा विकास गर्नका साथै खेल संस्कृतीको विकास गर्न यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुने बताए । कार्यक्रममा विद्यालयका संस्थापक एवम संरक्षक गणेश तिमिल्सिना, प्राचार्य गोविन्द गौतम, निर्णायक शंकर शाह लगायतले आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा पोखरा महानगर वडा नं १३ र १२ का गरी करिव १ सय ५० भन्दा वढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close