कास्की टी–२० क्रिकेट : राइजिङ द्वारा सांग्रिला पराजित, पोखरा क्रिकेट क्लव शिर्ष स्थानमा

पोखरा स्पोर्टस । कप्तान अमृत गुरुङको अर्धशतकीय पारी र तिब्रगतिका बलर कृष्ण पौडेलले ३ विकेट लिए संगै राईजिङ क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ९ रनले पराजित गरेको छ ।

पोखरामा जारी टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीप अन्तर्गत मंगलबार मंगलबार टस जितेर व्याटिङमा उत्रिएको राईजिङले कप्तान अमृत गुरुङले ५२ रनको अर्धशतकीय कप्तानी पारी खेले । राईजिङले ८ विकेटको क्षतिमा ११६ रनको योगफल तयार पार्दै सांग्रिलालाई लक्ष्य पछ्याउने चुनौति दियो । तीन विकेट सस्तैमा गुमाएपछि धर्मराएको राईजिङलाई उकास्ने काम भने कप्तान गुरुङले गरे । पाँचौ नम्बरमा आएको कप्तान गुरुङले चौथो विकेटको लागि नविन पोखरेलसँग ६० रनको साझेदारी गरे ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालित च्याम्पियनसिपमा कप्तान गुरुङले ५२ रन रनको स्कोर बनाउन ३१ बलको सामना गरे । उनले ४ चौका र २ छक्का हिर्काए । नविन पोखरेल र सागर लामिछानेले पनि १३÷१३ रनको योगदान रह्यो । बलिङ तर्फ सांग्रिलाका कप्तान विपिन खत्रीले ४ ओभरमा ११ रन दिएर २ विकेट लिए । ११७ रनको लक्ष्य पछ्याएको सांग्रिला २० ओभरमा ९ विकेट गुमाउँदै १०७ रनमा समेटियो । मध्यक्रम व्याटर सुदिप पौडेलले २ चौका र १ छक्का हिर्काउँदै ३१ रन जोडे । विपिन खत्रीले १८ रन बनाए । तिब्र गतिका बलर कृष्ण पौडेलले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर ३ विकेट लिएपछि सांग्रिला धरासायी बन्यो । अमृत गुरुङको नाममा एक विकेट लिए । उनी प्लयेर अफ दि म्याच घोषित भए ।

मंगलबारको खेलमा पनि सांग्रिलाका कप्तान विपिन खत्रीले स्ट्राईक लिने धुनमा अर्का सहकर्मीलाई रनआउटको शिकार बनाए । उनले अघिल्लो खेलमा पनि आफनै सहकर्मीलाई रन आउटको शिकार बनाएपछि सांग्रिला पराजित हुन पुगेको थियो ।

यसैगरी दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । अरण्यज्योति क्रिकेट क्लबले पहिले व्याटिङ गर्दैै १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनाएको थियो । कप्तान विधान श्रेष्ठले ३७ बलमा १ चौका र १ छक्काको मद्दतमा ३१ रन जोडे । प्रवीन पौडेलले पनि २७ रन बनाउने क्रममा ४५ बल खेले । उनको ३ चौका स्कोरकार्ड लेखियो । पोखरा क्रिकेट क्लबका अनिष खड्काले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिदैं अरण्यज्योतिलाई धरासायी बनाए । अनिल गुरुङले ३.४ ओभरमा १ मेडन राख्दै ५ रन दिए २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close