वीर गणेशमान राष्ट्रिय फेन्सिङ प्रतियोगिता हुने

पोखरा स्पोर्टस । वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा शनिबारबाट वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता’गर्ने भएको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान तीन इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी गराए । ओलम्पिक मापदण्डअनुसार तौलअनुसार पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछन् ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीद्धारा आयोजना हुन लागेको फेन्सिङसहित तीन प्रतियोगिता हुने भएको छ । जसमा वैशाख ६ गतेदेखि ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता’ र वैशाख १६ गते ‘तेस्रो वीर गणेशमान सिंह १० हजार मिटर रोड रेस’ आयोजना हुने वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।

यस्तै, वैशाखमा हुने १० हजार मिटर रोड रेसमा यस वर्षबाट पाँच किलो मिटर दौडलाई पनि समावेश गरिएको तुलाधरले बताए ।

तीन प्रतियोगिता आयोजना गर्न लागेको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले फेन्सिङ आयोजना गर्न २५ लाख रुपैंया, बक्सिङमा ५० लाख रुपैंया र दौडमा १५ लाखसहित कुल ९० लाख रुपैंया खर्च हुने अनुमान गरेको छ ।

राजधानीमा भएको पत्रकार सम्मेलनमा एनओसीका उपाध्यक्ष तथा फेन्सीङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष दुर्गानाथ सुबेदी, वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जिव तुलाधर, र्याफ्टिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, राजीव श्रेष्ठलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close