पूर्व स्विकृती बिना खेलाडीहरु मोफसलमा खेल्न नपाउने

पोखरा स्पोर्टस । ‘ए’ डिभिजनका क्लवमा आवद्ध खेलाडी अन्य मोफसलको टिम वा प्रतियोगितामा खेल्न पूर्व स्विकृती लिनु पर्ने भएको छ ।

शहिद स्मारक ए डिभिजन खेलेका ८ वटा क्लवहरुले एक संयूक्त प्रेस विज्ञप्ती प्रकाशित गर्दै पूर्व स्विकृती लिन पर्ने जनाउँदै सूचना जारी गरेका हुन् । शहिद स्मारक लिग विजेता मछिन्द्र क्लव, न्यूरोड टिम, मनाङ मर्स्याङदी क्लव, सातदोवाटो क्लव, थ्रि स्टार, संकटा क्लव, जावलाखेल यूथ क्लव र फ्रेन्डस क्लवले संयूक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

संयूक्त प्रेस विज्ञप्तीमा ए डिभिजन क्लवमा आवद्ध खेलाडीहरुलाई कुनै पनि मोफसलको टिममा कुनै करार नर्गन र प्रतियोगितामा सहभागी नगराउन समेत अनुरोध गर्दै मोफसलमा हुने प्रतियोगिताहरुमा समेत ए डिभिजन क्लवहरुको सहभागिता सुनिश्चित गर्न आवश्यक देखिएकोले ध्यानाकर्षण गर्न सूचना जारी गरिएको उल्लेख गर्दै त्यसका लागि खेलाडी आवद्ध क्लवहरु संग पूर्व स्विकृती लिन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close