
पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघले कास्कीको क्रिकेटमा लामो समयदेखि अफिसियलको भूमिका निर्वाह गर्दै आएका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तण गरेको छ ।
संघ कास्कीले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच उनीहरुलाई नौ थान ज्याकेट हस्तान्तरण गरेको हो । संघ कास्की उपाध्यक्ष दिपेन्द्र प्रताप चन्दले अफिसियल दिलिप अग्रहरीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै उपाध्यक्ष चन्दले अफिसियलहरुको क्रिकेट क्षेत्रमा अफिसियल पनि महत्वपूर्ण पक्ष भएको औल्याए । साथै संघले छिट्टैनै संघ कास्कीका पदाधिकारीहरुका लागि पनि अफिसियल ज्याकेट हस्तान्तरण गरिने जनाए ।
सो अवसरमा संघका कोषाध्यक्ष बिरेन्द्र पुन, पूर्व कोषाध्यक्ष जिम्मी गुरुङ्ग, कार्यसमिति सदस्य ऋषिकेश सर्मा, गोविन्द प्रधान, खेलकुद पत्रकार विनोद लामिछाने लगायतको उपस्थित रहेको थियो ।
