एनओसीको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

पोखरा स्पोर्टस । नेपाल ओलम्पियन्स संघको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

ओलम्पिकमा देशको प्रतिनिधित्व गरिसकेका ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा ४० जना ओलम्प्यिन हरुको सहभागिता थियो ।

दुई दिनको कार्यक्रममा पुष्करराज पन्तले योग तथा ध्यान र राजेश पाण्डेले पब्लिक स्पिकिङ सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए । त्यस्तै पहिलो दिन डा. प्रकाश प्रधानले खेल मनोविज्ञान र दोस्रो दिन इन्द्र गुरुङले प्ररेणादायी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए ।

सहभागीमध्येबाट ओलम्पियन भगवती केसी कार्यक्रम आयोजनाका लागि संघलाई धन्यवाद दिइन् । उनले भनिन ‘ओलम्पियनका रुपमा गर्व त लाग्छ । तर विस्तारै हामीलाई विर्सदै गएको हो कि भन्ने लाग्थ्यो,’ उनले थपिन्, ‘तर अहिले संघ सक्रिय भएपछि हामी काठमाडौं बाहिर हुनेलाई पनि यसरी सम्झेर सहभागी गराउभयो त्यसका लागि धन्यवाद । दुई दिने यो कार्यक्रमले म पनि आफ्ना कुरा अरुलाई सुनाउन सक्ने भएको छु ।’

सोही अवसरमा ओलम्पियन स्नेहा राणाले विश्व ओलम्पियन एसोसिएन (डब्लूओए)को महत्व र नेपाल ओलम्पियन्स संघको त्यसमा आबद्धताका बारेमा प्रकाश पारेकी थिइन् । डब्लूओएले विश्वभरका ओम्पियनहरुको हकहितका लागि आवाज उठाउने गरेको उल्लेख गर्दै विश्वमा अहिले झण्डै १ लाख डब्लूओएको सदस्य रहेको जानकारी दिइन् । त्यस्तै राणाले डब्लूओएले ओलम्पियनको विश्वव्यापी मान्यताका लागि ओएलवाई पदवीलाई सन् २०१७ देखि प्रयोगमा ल्याएको स्मरण गरिन् । ओलम्पिक खेल्ने हरेक खेलाडीले ओएलवाईको पदवी पाउने र त्यसका लागि केहि प्रक्रिया पूरा गर्नुपर्ने जानकारी दिइन् ।

डब्लूओएबाट नेपालका २० ओलम्पियन ओएलवाईको पदवी प्राप्त गरेको र सोही कार्यक्रमा  प्रमाणपत्र वितरण गरिएको थियो ।

एनओसीका उपाध्यक्ष एवंम् निर्देशक चतुरानन्द राजवैद्यले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । ओलम्पियन्स संघका अध्यक्ष ओलम्पियन दीपक विष्टले दुई दिनको कार्यक्रम प्रभावकारी देखिएको र सहभागीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएको बताए । उनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । समापनमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close