भेट्रान्स टेनिस : भिष्मराज बने नवप्रवेशीतर्फ कास्की च्याम्पियन

पोखरा स्पोर्टस । भिष्मराज पौडेल कास्कीका नवप्रवेशी टेनिस खेलाडीतर्फ च्याम्पियन बनेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो उपाधी आफ्नो नाम गरेका हुन् । जितपछि प्रतिक्रिया दिंदै पौडेलले स्वास्थ्य र मानसिक स्फुर्तिका लागि खेलकुद महत्वपूर्ण भएको औंल्याए । पौडेल आफ्ना छोरी आर्षिया पौडेल र आर्यषराजका साथ टेनिस कोर्ट आउने गर्दछन् । छोरा आर्यष ८ वर्ष मुनि नेपाल च्याम्पियन हुन् ।

यसैविच प्रतियोेगिता अन्तर्गत सिनियर भेट्रान्स प्रतिस्पर्धापनि मंगलबारदेखिनै शुरु भएको छ । रेवान पोखराको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक समारोहका विच उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै भट्टराईले पोखरामा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताए ।

प्रतियोगिताको पहिलो दिनका खेलहरुमा राजु गुरुङ्ग, रोबर्ट जे.हान, राजन पौडेल, नविन चालिसे, केवी लामा, नविन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमसिंह लामिछाने, इन्द्र गुरुङ्गले जित हाँसिल गरेका छन् । प्रतियोगितामा सिंगल तथा डबल्सतर्फ ४० खेलाडीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close