एशियन स्की च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

पोखरा स्पोर्टस । मित्र राष्ट्र लेबनानको लिसेन्डमा आयोजना हुने ३० औं एशियन अल्पाईन स्की च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली स्की टिमलाई सोमबार एक कार्यक्रमविच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं सांसद जीवन राम श्रेष्ठले बिदाई गरे ।

च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीमा एक प्रशिक्षक सहित ४ खेलाडी रहेका छन् । खेलाडीहरुमा सफलराम श्रेष्ठ, साहस राम श्रेष्ठ, संगीता लमा र देबोरा तिमल्सिना रहेका छन् । यस्तै प्रशिक्षकमा प्रविण कर्माचार्य रहेका छन् ।

नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । च्याम्पियनसिप फागुण १० देखि १६ गते सम्म आयोजना हुने छ ।

नेपाली टिमलाई शुभकामना ब्यक्त गर्दै संघका अध्यक्ष समेत रहेका साँसद श्रेष्ठले सवै भन्दा उत्कृष्ट र अनुभवी खेलाडीहरु रहेकोले च्याम्पियनसिपमा राम्रो नतिजा प्राप्त गर्नेमा आफु बिश्वस्त रहेको बताए । हालै मुस्ताङ्गमा आयोजना भएको चौथौ स्की प्रतियोगिताबाट खेलाडीहरु चयन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close