रुकेश र सुरोजको जोडी अन्तिम ८ मा

पोखरा स्पोर्टस् । नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी लिनिङ्ग ११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगल तर्फ अन्तिम ८ मा प्रवेश गरेका छन् । महर्जन जोडीले एपिएफका जोशेप अधिकारी र सुमन लिम्बुको जोडीलाई २१–१५, २१–१६ ले पराजित गर्दै क्वाटरफाईनला स्थान बनाएका हुन् । अव यस जोडीले सेमिफाईनल प्रवेशका लागि ललितपुरका शसिन डङ्गोल र सुमित महर्जनको जोडी संग प्रतिस्पर्धा गर्नेछन् । शसिन र सुमितको जोडीले एनजेसी डल्लुका रिमोह महर्जन र स्वयं मानन्धरको जोडीलाई २१–१७, २१–१२ ले पराजित गरेका हुन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिमा आठमा स्थान बनाउने क्रममा एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले ललितपुरका बिकास महर्जन र रदीप महर्जनको जोडी माथि २१–१६, २१–१८ को जित निकाले । यस्तै सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठको जोडीले ललितपुरका शान्ता डङ्गोल र उज्वल शाक्यको जोडीलाई २१–१०, २१–२ ले पराजित गर्दै दिपेश र बिजितको जोडी संगको भेट पक्का गरे । यस्तै नेपाल पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीले संखुवासभाका सुनिल जंग र्काी र पवन राना मगरको जोडीलाई २१–४, २१–१२ ले पराजित गर्दै क्वाटरफाईनलमा कास्कीका बिधान अधिकारी र भुगोल गुरुङ्गको जोडी संगको भेट पक्का गरे । बिधान र भुगोलको जोडीले ललितपुरका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–११, २१–१३ ले पराजित गरे । जित निकाल्दै क्वाटरफाईनल प्रवेश गर्नेक्रममा पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडीले साईनोका राजु थापा र सुजन थापाको जोडीमाथि १४–२१, २१–१५, २१–१५ को जित हात पारे । अव उक्त जोडीले बाँकेका ईरफान अन्सारी र धातुका सुदीप सेढाई संग प्रतिस्पर्धा गर्ने भएका छन् । ईरफान र सुदीपको जोडीले कैलालीका चन्द्रिका कठरिया र योगेश खड्काको जोडीलाई २१–८, २०–२२, २१–७ ले पराजित गरे ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको यु – १७ महिला तर्फ एनआरएनकी सानिया चन्दले धनकुटाकी प्रसुना राईलाई २१–८, २१–२ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाईन् । यस्तै दाङ्गकी कृतिका चौधरीले ओखलढुङ्गाकी एलिना रुम्दानीलाई ८–२१, २१–१४, २१–१८ ले पराजित गरिन् । पाल्काकी सुष्मा बुढाले ईमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबकी टिषा नानी शाक्यबाट वाकओभर प्राप्त गरिन् । यसैगरि १६ फिदरकी रिहाना शेरचनले दाङ्गकी सगुन चौधरीलाई २१–१४, १५–२१, २१–१४ ले तथा सेनाकी प्रियान्सी बलमे संखुवासभाकी एलिना श्रेष्ठलाई २१–१७, २१–१८ ले पराजित गर्दै क्वाटरफाईनमा स्थान सुरक्षित गरे ।

यु – १७ पुरुष एकल तर्फ सिल्क ग्रुपक नरेन्द्र बम र सुनसरीका रोधन राईले जित हात पार्दै प्रिक्वाटरमा स्थान बनाए । बमले १६ फिदरका अमन महर्जनलाई २१–१३, २१–१२ ले तथा राईले कैलालीका शिषिर रानालाई २१–१५, २१–११ ले पराजित गरे । जित निकालेर अगाडी बढ्ने क्रममा कपिलबस्तुका राज बर्माले पाल्पाका संचार तिमल्सिनालाई २१–१०, २१–६, गुल्मीका जनिश शेरचनले एनजेसी डल्लुका स्वयं मानन्धरलाई २२–२०, २१–१९, सेनाका बिवेक चौधरीले भक्तपुरका बिवेक भट्टराईलाई २१–११, २१–८, खोटाङ्गका सविन श्रेष्ठले बाँकेका राजेश बि.सीलाई२१–१५, २१–१५, सेनाका डेभिड थापा मगरले कपिलबस्तुका अभय महरालाई २१–८, २१–१५, दाङ्गका अरुण अधिकारीले कैलालीका बिवेक चौधरीलाई १९–२१, २१–८, २१–११, पाल्पाका सुरोज तिमल्सिनाले बाँकेका शिब सुनारलाई २१–१४, २१–१४, सुनसरीका ऋिषीकेश राईले देविनगरका सक्षम ढकाललाई ११–२१, २१–१७, २१–१७, १६ फिदरका क्षितिज खनालले ताप्लेजुङ्गका एन्द्रयस लिम्बुलाई २१–७, २१–८, कपिलबस्तुका रोहित बरालले दाङ्गका सुविन श्रेष्ठलाई २१–१४, २१–१३, संखुवासभाका सुनिल जंग कार्कीले महाङ्काल ब्याडमिन्टनका अभिक श्रेष्ठलाई १६–२१, २१–१६, २१–११, दाङ्गका सनौला रईनीले भक्तपुरका रिशोद सुवाललाई २१–१०, २१–१४, कैलालीका रोशन साउदले बर्दियाका सचिन चौधरीलाई २१–१६, २१–१७, सेनाका आयुश्मान नागरीले सुनसरीका योदेश राईलाई २१–९, २१–६ ले पराजित गरे ।

मास्टर्स युगल ५५ बर्ष माथिको प्रतिस्पर्धामा नखिपोट का पदम बुढाथोकी र भागी प्रसाद लिम्बुको जोडीले ते¥हथुमका बिरेन्द्र खड्का र मदन श्रेष्ठको जोडीबाट वाकओभर प्राप्त गरे । ललितपुरका रविन्द्र शाक्य र बिरेन्द्र लाल श्रेष्ठको जोडीले नखिपोटका मेगराज लिम्बु र कुल योङ्गयाको जोडीलाई १६–२१, २१–१६, २१–१८ तथा क्लब ७ का राजेश शाक्य र बिजय मान सिंहको जोडीले स्पोर्टस् हवका चन्द्र बहादुर लिम्बु र कुमार प्रधानको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे । यसैगरि कास्कीका रमेश भट्टचन र काठमाण्डौमा उमेश के.सी.को जोडीले डोटीका जे.बि. खड्का र खडक बहादुर शाहको जोडीलाई २१–१४, २१–१८, ईमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका सुरेश बस्नेत र दिलबहादुर कदङ्गवाको जोडीले कालिका ब्याडमिन्टनका दीपक न्यौपाने र चुडामणी उपाध्यायको जोडीलाई २१–७, २१–११ ले तथा नखिपोटका दिलबहादुर लावती र सरेन देव राईको जोडीले ललितपुरका सिताराम श्रेष्ठ र पाल्पाका प्रकाश उदयको जोडीबाट वाकओभर प्राप्त गरे ।

महिला एकल १२ बरियता देखि बाहेकमा एनआरएनकी साईना चन्दले दोहोरो जित निकाल्ने क्रममा झापाकी अन्जना राईलाई २१–१४, २१–१३ ले पराजित गरिन् । साईनाले यु १७ पनि जित हात पारेकी थिईन् । यस्तै सुनसरी ब्याडमिन्टन एकेडेमीकी रोजी राईले सुर्खेतकी प्रशंसा शाहीलाई १६–२१, २१–१२, २१–१३ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close