रोकिएका सबै काम अगाडि बढाउँछु– थापा

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्य–सचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् ।

‘अहिलेको तड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प रुपमा छन् तिलाई अगाडि बढाउछु ।’ पदवहाली गर्ने क्रममा थापाले भने– ‘एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि सुरु हुनु पर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउछु । सदस्य–सचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउछु ।’

थापाले करिब २८ वर्ष आफूले राखेपमै बिताएको बताउदै भने–‘यहाँका सबै समस्याका बारेमा मलाइ जानकारी छ । मैलै बुझ्दै छु भन्न पाउदिन । जुन ग्यापले हाम्रो समस्यहरु अड्केर बसेका छन् ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसंग समन्वय गरी काम गर्ने छु ।’ उनले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुन कुनैपनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्रालयले बुधबार थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close