
पोखरा स्पोर्टस । साइकल सिटी पोखराको अध्यक्षमा अभिषेक कोईराला निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट अध्यक्षमा कोईराला निर्वाचित भएका हुन् । त्यसै गरी उपाध्यक्षमा राजन गोङ्गजु, सचिवमा जय गुरूङ्ग, सह सचिवमा धर्म बहादुर लामिछाने र कोषाध्यक्षमा दिपक कार्की निर्वाचित भएको साइकल सिटी पोखराले जनाएको छ ।
त्यस्तै सदस्यहरूमा मोहन सिँह लालचन, दुर्गा अधिकारी, राजीब मुल्मी, नवराज थापा, दिपेन्द्र मर्सानी निर्बिरोध निर्वाचित भएको जनाइएको छ । साइकल सिटी पोखराले साइकल खेलको विकास संगै खेलकुद मार्फत पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
