
पोखरा स्पोर्टस । छैटौ संस्करणको अर्मला पर्वतिय दौडको उपाधि पुरुषतर्फ सुमन कुलुङ र महिला तर्फ छेन्वी मायाँ राईले जितेका छन् ।

पोखरा १६ स्थित रमणिय पर्यटकिय गाउँ अर्मलामा श्रीपञ्चमीको अवसरमा अर्मला कोट युवा क्लवद्वारा आयोजित उक्त दौड सोलुखुम्वुका सुमनले र धरानकी छेन्वीले जितेका हुन् । पुरुषतर्फको १२ किमि दौड ५० मिनेट ४८ सेकेण्डमा पुरा गर्दैै सुमनले नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे भने छेन्वीले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र गरिन् । उनले उक्त दौड १ घन्टा ७ मिनेट ५३ सेकेण्डमा पुरा गरेकी थिइन् ।

त्यस्तै पुरुषतर्फनै वैतडीका मोहन देव जोशी ५२ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै दोश्रो स्थान प्राप्त गरि नगद १५ हजार, सिन्धुलीका जितेन्द्र दनुवारले ५३ मिनेट ३० सेकेण्डमा पुरा गर्दै तृतिय स्थान प्राप्त गर्न सफल भए । उनले नगद १० हजार प्राप्त गरे भने धरानका मोहन कुमार राई सान्त्वना हुँदै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारेका छन् ।

महिलातर्फकी दोश्रो हुने पोखरा १६ की संगिता विकले उक्त दुरी १ घन्टा २२ मिनेट ३ सेकेण्डमा पुरा गर्दै नगद ८ हजार, तेश्रो स्थान प्राप्त गर्ने स्याङजा टक्सारकी रिता गुरुङले १ घन्टा २४ मिनेट १९ सेकेण्ड र पोखरा २५ हेमजाकी ओम मायाँ फगामीले १ घन्टा २६ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै सान्त्वाना स्थान प्राप्त गरिन । उनीहरुले जनही क्रमश नगद रु ५ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष हरि वरुवालले जानकारी दिए ।
त्यसै गरी प्रतियोगिता अन्तर्गत नै भएको वडा नं १६ तर्फको इभेन्टमा पुरषतर्फ साजन विक, प्रकाश राई, राजकुमार क्षेत्री र अजय गुरुङ क्रमश प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुँदै क्रमश नगद रु ८, ५, ३ र २ हजार हात पारे भने महिलातर्फ कोमली खड्का र अस्मिता नेपाली प्रथम र द्वितिय हुँदै क्रमश नगद ८ र ५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत भएको सिनियर ठेलोतर्फ पोखरा १६ का सुरज गुरुङले १७.५५ फाल्दै प्रथम भएका छन् । विजेता सुरजलाई नगद ५ हजार सहित परम्परा अनुसार फेटा लगाएर सम्मान गरिएको थियो भने १६ वर्ष मुनीको प्रतिष्पर्धामा पोखरा १३ का सुजन गुरुङ भएका छन् । उनले नगद ३ हजार प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र प्रतियोगिताका सहयोगी एवम युके निवासी डव्लु ओ वान जित बहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, पोखरा महानगर पालिका वडा नं १६ का अध्यक्ष जिवन प्रसाद आचार्य, नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक नरेश कुमार गुरुङ, प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदार, समाजसेवी कर्ण वहादुर गुरुङ, प्रतियोगिताका संयोजक जुम प्रसाद गुरुङ, समाजसेवी तेज बहादुर गुरुङ र इन्द्र बहादुर गुरुङले वितरण गरेका थिए ।
