दुर्गा गुरुङले गरे पोखरा म्याराथनलाई सहयोग

पोखरा स्पोर्टस । आगामी फागुन ७ गते हुने १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग आउने क्रम जारी रहेको छ ।

यसै विच पोखरा म्याराथन अपाङ्ग तर्फको दौडका लागि दुर्गा बहादुर गुरुङले नगद सहयोग गरेका छन् । बेलायत योर्क कर्मथलो भई पोखरा १६ अर्मला निवासी गुरुङले अपाङ्ग दौडतर्फको सम्पूर्ण पुरस्कार नगद राशी सहयोग गरेका हुन् । तिन वर्ष अघि बाट नै पुरस्कार प्रायोजन गर्दै आएका उनले पुरस्कार वापतको रकम ४४ हजार नगद मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलाई सोमबार हस्तान्तरण गरेका छन् ।

वेलायती सेनाका अवकास प्राप्त गुरुङ व्यवसायमा समेत संल्गन रहेका उनले आफ्नो शहरमा आयोजना भइरहेको नेपालकै जेठो म्याराथनलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने–“मलाई केही न केही सहयोग गर्नुपर्छ भन्ने लागिरहेको थियो त्यसमा पनि फरक क्षमताका खेलाडीहरुका लागि सहयोग गर्न पाउँदा गर्व महशुस गरेको छु ।” उनले यो सहयोगको निरन्तरता रहने समेत प्रतिवद्धता जनाउँदै पोखरा म्याराथनलाई अझ व्यवस्थित र शुरक्षित बनाउन आग्रह समेत गरे । पछिल्लो केही वर्ष यता पोखरा म्याराथनले अन्तर्राष्ट्रियरुपमा चर्चा बटुलिरहेको समेत उनले उल्लेख गरे ।

सो अवसरमा मञ्चका पूर्व अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले उनले गरेको सहयोगका लागि आभार व्यक्त गरे । पोखरालाई म्याराथनको शहरको रुपमा विश्वमा चिनाउन गरिएको पोखरा म्यारथनले पछिल्लो समयमा निकै भव्य रुपमा अघि बढेको जनाउँदै सहयोगी दाताहरुले यसलाई दिर्घकालिन रुपमा कसरी अघि बढाउने भन्ने बारे थप छलफल खाँचो रहेको कुरा औल्याए ।

मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरा म्याराथनलाई तिन वर्ष देखि निरन्तर सहयोग गर्दै आएकोमा दुर्गा गुरुङलाई धन्यवाद दिंदै उनी जस्तै सहयोगी मनहरुले गर्दानै पोखरा म्याराथनको गरिमा अझै बढेको बताए । सो अवसरमा मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, महासचिव कृष्ण तिमिल्सिना समेत सहयोगका लागि उनलाई आभार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close