आहा ! रारा गोल्डकपमा मनाङ ५० औं खेल खेल्दै !

पोखरा स्पोर्टस । आहा ! रारा गोल्डकपमा ‘ए’ डिभिजनको क्लव मनाङ मर्स्याङदी आफ्नो ५० औं खेल खेल्न पोखरा रंगशालाको मैदानमा शनिवार उत्रिदै छ ।

क्याराभान गोल्डकप सहित मनाङ शनिवार हुने शसस्त्र प्रहरीको एपिएफ क्लव संगको उपाधि भिडन्त सहित ५० औं पटक मैदानमा उत्रिन लागेको हो । मनाङले शहिद लिग २०७८ अन्तर्गत पोखरा रंगशालालाई आफ्नो होम ग्राउण्डको रुपमा समेत रोजेको छ ।

शनिवार पोखरा रंगशालामा हुने आफ्नो ५० औं खेलमा उपाधि जितेर विशेष रुपमा मनाउन चाहन्छ मनाङ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले ६ पटकको आहा रारा गोल्डकप विजेता हो । मनाङले सातौं पटक उपाधि जितेर इतिहास रच्ने मात्रै नभई पोखरालाई किन होम ग्राउण्डको रुपमा रोज्यो भन्ने कुरालाई समेत सार्थक बनाउन चाहन्छ ।

मनाङले आहा राराको यात्रामा मनाङले विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्ध्रौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको थियो । पोखरेली फुटबल प्रेमीहरु विच समेत लोकप्रिय रहेको मनाङले आहा राराको यात्रामा छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ ।

विदेशी प्रशिक्षक फुजा तोपेको प्रशिक्षण र कप्तान नविन लामाको सहित मैदानमा उत्रिने मनाङले आफ्नो ५० औं खेल जितेर दर्शकलाई उपहार दिन चाहेको बताउँछन प्रशिक्षक तोपे । “यो निकै खुसीको क्षण हुनेछ जव हामीले उपाधि जितेर आफ्ना समर्थकलाई आजको विशेष उपहार वाँड्न चाहन्छौं”, उनले भने ।
तस्विरः सुदर्शन रञ्जित

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close