एपिएफ २० औं आहा ! रारा गोल्डकपको फाइनलमा, इतिहास बनाउन चुक्यो मच्छिन्द्र

पोखरा स्पोर्टस । विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लव २० औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

लिग लिडर समेत रहेको मच्छिन्द्र क्लवलाई बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ३–१ ले पराजित गर्दै एपिएफ क्लव २० औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । एपिएफ आहा रारा गोल्डकपको १४ वर्ष पछि फाइनलमा प्रवेश गर्न सफल रह्यो भने मच्छिन्द्र फाइनलमा पुगेर इतिहास बनाउनबाट चुक्यो ।

निकै नाटकिय र रोमाञ्चपूर्ण रहेको खेलको पहिलो हाफमा एपिएफ र मछिन्द्रले १–१ गोलको बराबरी खेलेका थिए । खेलको २५ औ मिनेटमा एपिएफका शनिष श्रेष्ठले हेडमार्फत गोल गर्दै १–० को अग्रता लिएपनि त्यो भने एपिएफले लामो समय जोगाउन सकेन । मच्छिन्द्रका डिफेन्डर छिरिङ गुरुङले मणि लामालाई लडाएपछी फ्रिकिकको अवसर प्राप्त गरेको थियो । मणिलेनै गरेको प्रहारमा शनिषले टिमका लागि खाता खोलेका थिए ।

तर मच्छिन्द्रले खेलको ४० औं मिनेटमा एपिएफ विरुद्ध गोल फर्कायो । टिमका कप्तान रन्जित धिमालले प्रहार गरेको फ्रिकिकमा ओमोलाजा नुरिनले हेड मार्फत गोल गर्दै बरावरीमा पुर्याए । छिरिङ गुरुङको थ्रो बललाई मेस्सुके ओलुमोले कन्ट्रोल गर्ने प्रयासमा रहेकै बेला सविन थापाले उनलाई मैदानमा लडाउँदा रेफ्रिले फ्रि किकको अवसर दिएका थिए ।

खेलको पहिलो हाफको अन्त्य भने निकै नाटकिय रह्यो । रेफ्रिले खेल अनुशासन विरुद्ध गरेको भन्दै २ जना अफिसियल सहित एक जना खेलाडीलाई कार्ड देखाएका थिए ।

खेलको दोेश्रो हाफको ६८ औं मिनेटमा मैदानको दायाँ भागबाट एपिएफका कप्तान नविन लामाले गरेको क्रसलाई मच्छिन्द्रका किपर सूर्य अधिकारीलाई विट गर्दै प्रदिप लामाले टिमका लागि दोश्रो गोल गरे । निकै संघर्षपूर्ण खेल चलिरहेको समयमा ७१ औं मिनेटमा दोहोरो एलो कार्डका कारण मच्छिन्द्रका भरपर्दा विदशी खेलाडी ओमोलाजा नमिन करिम मैदानबाट बाहिरिन पुगे । १० खेलाडीमा खुम्चिएको मच्छिन्द्रले गोल गर्ने केही अवसरहरु जुराए पनि सफल भने हुन सकेन । खेलको अन्तिम मिनेटमा बाँकी रहेकै समय ९८ औं मिनेटमा नविनले एपिएफका लागि तेश्रो गोल गर्दै २० औं संस्करणको फाइनलमा एपिएफलाई पुर्याए । उक्त खेलमा एपिएफका नविन लामा म्यान अफ द म्याच घोषित हुँदै नगद ८ हजारका साथमा आकर्षक ट्रफी हात पारे ।

बिहिबार दोश्रो सेमिफाइनल खेल मनाङ मर्स्याङदी र विभागिय टोली नेपाल आर्मी विच हुनेछ ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close