महिला हक्की टोलीलाई सदस्य सचिव गुरुङले गरे विदाई

पोखरा स्पोर्टस । चौथो साहाना प्रधान स्मृती महिला राष्ट्रीय हक्की प्रतियोगीतामा सहभागि हुन जान लागेको गण्डकी प्रदेशको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले विदाई गरेका छन् ।

यहि माघ ४ देखि ८ गते सम्म पर्साको विरगञ्जमा आयोजना हुने प्रतियोगितामा खेलाडी सहितको १४ सदस्यिय टोली त्यसतर्फ जान लागेको हो । पोखरा रंगशालामा आयोजना भएको विदाई कार्यक्रम सदस्य सचिव गुरुङले जितको शुभकामना व्यक्त गर्दै अनुशासित भएर खेलमा सहभागिता जनाउन आग्रह गरे ।

उक्त प्रतियोगितामा नानु गुरुङ, समिक्षा पुन, कमला पुन, सबिना पुन, शिल्पा चौधरी र मनिला मगर, सोनु बराल, पबित्रा गुरुङ, प्रेमा परियार, लक्ष्मी गुरुङ, पुजा पुन, प्रिति मगर, सुनिता मगर, सुमिना सुनार, सृजना नेपाली र मनिता मगर रहेका छन् भने टिम ब्यबस्थापकमा सुजन मगर तथा टिम कोचमा राजन नेपाली रहेको कास्की जिल्ला हक्की संघका सचिव वुद्धी बहादुर खत्रीले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close