
पोखरा स्पोर्टस । बिश्व जुनियर ब्याडमिन्टनमा एक नम्बरमा जम्न सफल नेपाली खेलकुद एवं ब्याडमिन्टनका शान प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् ।

प्रिन्सलाई सम्मान गर्न काठमाण्डौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान गरेको थियो ।
प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक बर्ष सम्म आवश्यक योनेक्सका सम्पूर्ण सामाग्री प्राप्त गर्ने र प्रयोग गर्ने छन् भने हाललाई एशियाली देशहरुमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च ब्यहोर्ने प्रोपाईटर बास्तोलाले जानकारी गराए ।
प्रिन्स हालै बिश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको बरियता क्रममा जुनियर तर्फ नम्बर एकमा पुग्न सफल भएका थिए

Nice initiative by Yonex thanks to sir raju Bastola for this gratitude for our champion we really need this helping hands to make our champions to reach their goals