टाइगर कप भलिवलः पुलिसको अपराजित यात्रा कायम, महिला तर्फ आयोजक टिमको दोश्रो पराजय

पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ अपराजित यात्रा कायम गर्दै विभागिय नेपाल पुलिस क्लव फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउँदा महिला तर्फको खेलमा भने आयोजक टिम टाइगर ग्रुपले लगातार आफ्नो खेल गुमाएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दा आयोजकको महिला टिम टाइगर ग्रुप न्यू डायमण्ड संग ३–० को सोझो सेटमा हार व्यहोर्न वाध्य भएको हो । यता पुरुषतर्फ फाइनल पुग्ने सम्भावना बलियो बनाएको पुलिसले एपिएफमाथि २५–२१, २३–२५, २५–२३ र २५–१९ को जित निकाल्न सफल भएको छ । जितसँगै अपराजित रहेको पुलिसले ३ खेलबाट ८ अंक आफ्नो पक्षमा पार्न सफल भएको छ भने एपिएफले लगातार तेस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । हेल्प नेपालले आर्मीलाई २५–१५, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो । जितपछि हेल्प नेपालले दुई खेलबाट ४ अंक र आर्मीले दुई खेलबाट ३ अंक बटुलेको छ । उक्त खेलमा भारतिय टिम कप्तान समेत रहेका हेल्प नेपालका विनित म्यान अफ दि म्याच र आर्मीका इश्वर थापा वेष्ट डिफेण्डर घोषित भएका छन् ।

महिलातर्फ विभागिय क्लव नेपाल एपिएफले प्रतियोगितामा उत्कृष्ट रुपमा अघि बढेको होवाङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को जित दर्ता गरेको छ । एपिएफले २१–२५, २५–२१, १०–२५, २५–१२ र १५–८ को जित निकालेको हो । जितसँगै एपिएफको दुई खेलबाट ५ अंक छ भने आजको खेलमा हार व्यहोरेको भए पनि न्यू डायमन्डले आफ्ना तिन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको प्रतियोगिताका प्राविधिक संयोजक तहल सिंह थापा मगरले जनाएका छन् ।

महिला तर्फको एक अर्काे खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्ने क्रममा पुलिसले टाइगरलाई २५–२०, २५–१७ र २५–२२ को सोझो सेटमा पराजित हुन वाध्य बनायो । टाइगर ग्रुपको यो लगातार दोश्रो पराजय हो । नेपालकी टिम कप्तान अरुणा शाही सहित श्रीलंका राष्ट्रिय टिम कप्तान सम्मिलित टिमले आफ्ना दुवै खेल गुमाए पछि प्रतियोगिताबाट वाहिरिने निश्चित जस्तै बनेको छ । बुधवारको जितसँगै पुलिसको दुई खेलबाट ३ अंक बटुलेको छ । खेलमा नेपाल पुलिसकी उषा भण्डारी ओमेन्स अफ दि म्याच घोषित हुँदा सोही टिमकी शान्तीकला तामाङ वेष्ट डिफेण्डर भइन् ।

माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला/पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्कष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०/१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ, बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी, केएफसी, नेपाल टेलिकम, इसेवा रेमिट लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close