तेक्वान्दो संघ गण्डकी प्रदेशको अध्यक्षमा जगन गुरुङ सर्वसम्मत निर्वाचत

पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको अध्यक्षमा जगन गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको पोखरामा सम्पन्न प्रथम अधिवेशन तथा साधारण सभाले अध्यक्षमा गुरुङलाई आगामी ४ वर्षका लागि सर्वसम्मत निर्वाचत गरेको हो । यसै गरी २७ सदस्यिय कार्यसमितीमा १४ जना सर्व सम्मत भएको अन्य रिक्त सदस्य पदमा पछि थप गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जनाएका छन् ।

सर्वसम्मत निर्वाचित भएका अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वयमा विष्णुहरि गौतम र कमल पराजुली, महासचिवमा रमेश पौडेल, सचिवमा गंगा वहादुर गुरुङ, कोषाध्यक्षमा माइकल कर्माचार्य रहेका छन् । प्रथम अधिवेशनले कार्यसमिती सदस्यमा कुल वहादुर तामाङ ‘दोर्जे’, विकल्प वोगटी, राजु थापा, योगराज अधिकारी, लक्ष्मी पाण्डे, शिवराज वाग्ले, नरेश भट्टराई, शिवराज वाग्ले र सर्फुदिल मिया रहेका छन् ।

यस अघि प्रथम अधिवेशनको उाद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारले खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने खाँचो औल्याएका छन् । उनले भने–“राज्य सञ्चालन गर्नेहरु आ–आफै अल्मलिएकोले पनि सोचे अनुरुप खेलकुदको विकासले गति लिन सकेको छैन ।” खेलकुदबाट नै आर्थिक उन्नती सम्भव छ भन्ने कुरा अन्तर्राष्ट्रिय जगतमा प्रमाणित भएका तथ्यहरु उजागर गर्दै प्रदेश प्रमुख गुरुङले भने–“स्पोर्टसम्यानशिप देखाउन सक्यौ भने पनि आर्थिक रुपमा सम्पन्नता हुन सक्छ तर हामीले त्यो कुरालाई वुझ्न ढिलो गरेका छौं ।”

कुनै वेला पूवी एशियामा मुलुकको रक्षा र आत्मरक्षाका लागि प्रयोगमा ल्याइएको मार्शल आर्ट खेलको विकासक्रमले ओलम्पिक हुँदै अगाडी बढेको बताउँदै प्रदेश प्रमुख गुरुङले नेपाली मार्शलआर्ट खेलले अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय गरिमालाई माथी उठाउन अहम भूमिका खेलेको बताए । उनले खेलकुद विकासका लागि कर्पोरेट हाउस र व्यवसायिक घरनाहरु अगाडी आउनुपर्ने उल्लेख समेत गरे ।

यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले संघले अव चाँडैनै पोखरामा माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन गरिने बताए । उनले संघले सैलुङमा हाईअल्टिच्युड सेन्टर र लुम्बिनीमा अन्तर्राष्ट्रिय तेक्वान्दो मेडिटेसन सेन्टर निर्माण गर्ने योजना रहेको बताउँदै अन्तर्राष्ट्रिय तेक्वान्दो मेडिटेसन सेन्टर निर्माण गर्न जग्गा प्राप्ती समेत भइसकेको समेत बताए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राजेश कुमार गुरुङले पोखरा रंगशालामा मार्शल आर्ट खेलका लागि वहुउद्धेश्यिय मार्शल आर्ट हलको निर्माण प्रक्रिया अघि बढाउने बताउँदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेशका अन्य जिल्लामा समेत पूर्वाधार निर्माण गर्नुपर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद विकासका लागि सरकारको बजेट प्रयाप्त नभएको जिकिर गरे । उनले खेलकुद शिक्षा स्वास्थ्य सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्वन्धको विकास, शान्ति, आर्थिक, बातावरण एवंम सामाजिक क्षेत्रसँग समेत जोडिएको बताउँदै खेलकुदले सामाजिक विभेदलाई समेत अन्त्य गरेको दावी गरे । समाज रुपान्तरणका लागि खेलकुदको भूमिका अहम भएको बताउँदै उनले खेलकुद विकासका लागि सवैको सहयोग र सहकार्यको खाँचो रहेको उल्लेख गरे ।

नेपाल तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यmममा नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश सम्शेर राणा, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा नवनिर्वाचित केन्द्रिय अध्यक्ष सहित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close