भेट्रान्स टेबुलटेनिस प्रतियोगिता सम्पन्न, खेलकुद मन्त्री गुरुङ तेश्रो

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले तेश्रो पुरस्कार हात पार्न सफल भए ।

त्यसैगरी ५० वर्ष माथि उमेर समुह युगल जोडीमा ललितपुर टेबुलटेनिस क्लबका रन्जन सुब्बा र सुजाता पौडेल प्रथम, सोही क्लबका राजेन्द्र वज्राचार्य र पार्वती श्रेष्ठको जोडी दोश्रो तथा कास्कीका राम ढकाल र आशुका रन्जितकार एवं मन्त्री राजिव गुरुङ र मुना थापाको जोडी तेश्रो भएका थिए ।

प्रतियोगितामा ४० वर्ष माथि उमेर एकल पुरुष समुहमा प्रथम विकेन थापा मोरङ, दोश्रो एङ्किज पिङपोङ क्लबका चन्दन शाही, राजेस भट्टराई मोरङ तथा कास्कीका किसान जिसी तेश्रो भएका छन् । ५० वर्ष माथि उमेर पुरुष एकलमा प्रथम तथा दोश्रो ललितपुर टेबुलटेनिस क्लबका रोजेन्द्र वज्राचार्य र रन्जन सुब्बा, एङ्किज पिङपोङ क्लब कपुर शर्मा र मन्त्री राजिव गुरुङ तेश्रो भएका थिए ।

सो अवसरमा पुर्व राष्ट्रिय खेलाडी विनय तुलाचन र अम्बिका राजभण्डारीलाई युवा तथा खेलकुद मन्त्री माननीय राजिब गुरुङले दोसल्ला तथा सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।

समापन समारोहमा विजेता तथा अफिसियलहरुलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीजिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर वानियाँ, तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन बहादुर गुरुङ, कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशी, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, लगाएतले नगद पुुरस्कार, मेडल, प्रमाणपत्र तथा प्रसंशापत्र वितरण गरेका थिए ।

कार्यक्रम संयोजक तथा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close