गण्डकी प्रदेशस्तरिय खुल्ला आर्चरी पुषको २३ र २४ गते हुने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय पुरुष खुल्ला आर्चरी प्रतियोगिता यहि पुष २३ र २४ गते पोखरा रंगशालामा हुने भएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने भनि घोषणा गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि उक्त प्रतियोगिता हुन लागेको हो । सो बारे जानकारी दिंदै उक्त प्रतियोगिताका आयोजक कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनका अनुसार उक्त प्रतियोगितामा प्रदेशका ६ जिल्लाका ९० जना खेलाडीहरुको सहभागिता हुनेछ ।

प्रतियोगिताको तयारी बारे पोखरा स्पोर्टस संग कुरा गर्दै प्रदेश खेलकुद परिषदका गण्डकीका सदस्य समेत रहेका शेरचनले नवौंको तयारीका लागि उत्कृष्ट खेलाडी छनौट गर्न प्रतियोगिता आयोजना लागिएको बताउँदै ९० जना खेलाडीबाट १० जना उत्कृष्ट खेलाडी छनौट गरिने बताए । उनले नवौंका लागि उत्कृष्ट १० लाई विशेष प्रशिक्षणको व्यवस्था गरिने जानकारी दिंदै ति १० खेलाडीबाट गण्डकी प्रदेशका लागि वेष्ट ४ जनाको टिम तयार गर्ने उल्लेख गर्दै भने–“हामी पाँचौ देखि आठौं सम्मको राष्ट्रिय प्रतियोगिताको च्याम्पियन टिम हौं । हामी नवौंमा समेत त्यही लयलाई कायम गर्न चाहन्छौं ।”

यो प्रतियोगिता नयाँ यूवा खेलाडीको खोजीका लागि हुने समेत बताउँदै अध्यक्ष शेरचनले ति ६ जिल्लाका ९० जना खेलाडीहरुलाई नयाँ अवसर समेत भएको बताए । प्रतियोगितामा मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका खेलाडीहरुले नाम दर्ता गराईसकेका छन् ।

आर्चरी स्टाण्डर्ड क्याटोगरी इभेन्ट अन्तर्गत हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, दोश्रोलाई २०, तेश्रोलाई १५ र सान्त्वना एकजनालाई नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख लाग्ने र प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद गण्डकी सहित  प्राविधिक सहयोग अन्नपूर्ण आर्चरी क्लवले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close