पोखरामा पाँचौ राष्ट्रिय केन्पोकाई तथा तेश्रो इन्डो नेपाल च्याम्पियनसिप सम्पन्न

पोखरा स्पोर्टस । पोखरा रंगशालामा आयोजित दुई दिने पाँचौ राष्ट्रिय केन्पोकाई तथा तेश्रो इन्डो नेपाल च्याम्पियनसिप सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा पुरुष ४६–५० तौल समुहमा पोखरा स्ट्रोङ्गेष्टका आशिष वुढा मगरले स्वर्ण पदक जितेका छन् । सोही तौल समुहमा वालिङ स्ट्रोङ्गेष्टका निरज रानाले रजत तथा सोही डोजाङ्गका कमल केसी कास्य पदक र भारतका निरद वानीले समेत कास्य पदक जितेका छन् ।

पुरुष खुल्ला तौल समुहतर्फ आयोजक संस्थाका केन्पोकाईका शिव भुजेलले स्वर्ण पदक जितेका छने भने पोखरा स्ट्रोङ्गेष्टका कुमार रोकाले रजत, पोखरा स्ट्रोङ्गेष्टका सुजल सुमाई र भारतका कौशतुव कालेले कास्य पदक जिते । त्यस्तै पुरुष ५१–५५ केजी तौल समुहमा केन्पोकाईका पासाङ लामाले स्वर्ण पदक जित्दा, वालिङ स्ट्रोङ्गेष्टका सञ्जय कुमार गुप्ताले रजत, सोही डोजाङका देव बहादुर आले र छोरेपाटन केन्पोकाईका अनमोलले कास्य पदक जिते ।

पुरुष ५६–६० केजी तौलमा केन्पोकाई पोखराका भिजोल बाम्शीले स्वर्ण, छोरेपाटन केन्पोकाईका नरेश बास्तोलाले रजत, भारतका यश ओझा र छोरेपाटनका स्वरुप खत्रीले रजत पदक जितेका छन् । पुरुष ४१–४५ केजी तौलमा वालिङ स्ट्रोङ्गेष्टका रोशन गोतामेले स्वर्ण, छोरेपाटन केन्पोकाईका विराज पौडेलले रजत, वालिङका चेतन तिवारी र पोखरा केन्पोकाईका सरोज भण्डारी कास्य पदकमा खुम्चिए । पुरुषतर्फ नै ३१–३५ केजी तौलमा पोखरा केन्पोकाईका आयूष जलारीले स्वर्ण, वालिङका शुसान्त एसकेले रजत तथा पोखरा स्ट्रोङ्गेष्टका शौरभ सुमाई र पोखरा केन्पोकाईका हासाङ सारु मगरले कास्य पदक जितेका छन् ।

यसै गरी पुरुष ३६–४० केजीतर्फ पोखरा स्ट्रोङ्गेष्टका चन्द्र बहादुर रोकाले स्वर्ण पदक जित्दा सोही डोजाङका रोशन परियरले रजत, छोरेपाटनका ताज थापा र जेन्डोकाईका दिपेश आचार्यले कास्य पदक हात पारे । यस्तै २६–३० केजी जुनियरतर्फ पोखरा स्ट्रोङ्गेष्टका शुरेष खड्काले स्वर्ण, जेन्डोकाईका सलिन आचार्यले रजत, छोरेपाटनका रमित सरु मगर र पोखरा स्ट्रोङ्गेष्टका राजन घर्ती मगरले कास्य पदक जितेका छन भने जुनियर २५ केजी तौल मुनी पोखरा स्ट्रोङ्गेष्टका अर्यान घर्ती मगरे स्वर्ण, सोही डोजाङका एलेक्स सुनारले रजत, निशान कुमाल र शुसान्त भण्डारीले कास्य पदक जितेका छन् ।

महिला खुल्ला तौल सुमहमा वालिङ स्ट्रोङ्गेष्टकी कल्पना एस.केले स्वर्ण पदक जितेकी छन् भने पोखरा केन्पोकाई मेनुका अधिकारीले रजत, वालिङ स्ट्रोङ्गेष्टकी रोशनी गौतम र छोरेपाटनकी केज्या क्षेत्रीले कास्य पदक जितेका छन् । यसैगरी ४० केजी तौल मुनीको खेलमा पोखरा स्ट्रोङ्गेष्टकी सुष्मा चौधरीले स्वर्ण, लेकसाइड केन्पोकाईकी सरिना कुमालले रजत, पोखरा स्ट्रोङ्गेष्टकी पुष्पा कुंवर र वालिङ स्ट्रोङ्गेष्टकी निर्मला गाहाले कास्य पदकमा सिमित बने । महिला जुनियर २०–३५ केजीतर्फ पोखरा स्ट्रोङ्गेष्टका तिन जना खेलाडी क्रमश सुवर्ण थापा, सृष्टि गुरुङ र अलिषा मगरले स्वर्ण, रजत र कास्य पदक जिते भने अर्को एक कास्य पदक भारतकी पार्ची शिर्खेले जितिन ।

विजेता खेलाडीलाई नेपाल केन्पोकाईका अध्यक्ष प्रगत कायस्थ, मुख्य प्रशिक्षक हरि खड्का लगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत महिला पुरुष कातातर्फ समेत खेलहरु भएका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले एक समारोहका विच गरेका थिए । मन्त्रालयले प्रतियोगिताको सफलताका लागि नगद १ लाख सहयोग समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close