सोतोकान कराते टोली भारत जाने

पोखरा स्पोर्टस । ‘तीसौं विनोय सरकार खुला कराते च्याम्पियनसिप’मा सहभागी हुने २१ खेलाडीसहित २६ सदस्यीय नेपाली सोतोकान कराते टोली बिहीबार भारतको कोलकाता जाने भएको छ ।

नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाको नेतृत्वमा जाने टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् । प्रतियोगिता पुस १७ र १८ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close